नेपालको विजयी सुरुवात

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० जेष्ठ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – आईसिसी यु¬–१९ महिला टी–२० विश्वकप एसिया क्षेत्रको छनोट खेलमा कतारमाथि ७९ रनको जित निकाल्दै विजयी सुरुवात गरेको छ।

मलेसियाको युकेएम ओभलमा शुक्रबार कतारलाई ७९ रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो। नेपालले दिएको १ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा कतार १५.४ ओभरमा सबै विकेट गुमाएर मात्र ३८ रन जोड्न सक्यो। मध्यम लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कतारका लागि कप्तान साची ढड्वाल र श्रुतिबेन कमलेशभाइ रानाले समान १४÷१४ रन जोड्नुबाहेक अन्य खेलाडीले राम्रो स्कोर छुन सकेनन्।

कतारको इनिङलाई सस्तैमा समेट्न नेपालकी सृष्टि जैशीले सर्वाधिक ३ विकेट लिईन। यस्तै अनु कडायत, कप्तान कृतिका मरासिनी र स्नेहा महराले २/२ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै ३ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो। नेपालका लागि आश्मा पुलामी मगरले अविजित रहदै ३२ रन बनाइन्।

यस्तै सृष्टि जैशीले अविजित २३ रन जोड्दा सानु राजवंशी २१ रन, अन्जली विश्वकर्मा ११ र किरण कुमारी कुँवर १ रन जोडेर पवेलियन फर्किए। नेपालको तीन विकेट निकाल्ने क्रममा कतारकी साची ढड्वाल र अलिना खानले १/१ विकेट लिए।

छनोटमा आयोजक मलेशिया सहित नेपाल, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन। शीर्ष टोलीले दक्षिण अफ्रीकामा हुने प्रतियोगिताका लागि स्थान बनाउनेछ। अब नेपालले दोस्रो खेलमा युएईविरुद्ध शनिबार खेल्नेछ । देश सञ्चार

प्रतिक्रिया दिनुहोस्

Array