काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा पुनः गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेर २ लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको छ।
मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेर ३ हजार ४० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला ३ हजार १४५ रुपैयाँमा कारोबार भएको थियो।
यसअघि लगातार घटिरहेको सुनको मूल्य सोमबारदेखि पुनः उकालो लागेको थियो। आइतबारको तुलनामा सोप्रतितोला ४५ रुपैयाँ र मंगलबार ३५ रुपैयाँले बढेको थियो। तर, बुधबार भने दुवै बहुमूल्य धातुको मूल्यमा पुनः गिरावट आएको हो।
अन्तर्राष्ट्रिय बजारमा पनि बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ। गोल्ड प्राइस अनलाइनका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतिऔँस १०० अमेरिकी डलरले घटेर ३ हजार ५४९ डलर कायम भएको छ। त्यसैगरी, चाँदीको मूल्य प्रतिऔँस २ अमेरिकी डलरले घटेर ४० डलरमा झरेको छ।


प्रतिक्रिया दिनुहोस्