१४ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयको निर्देशन

Sagarmatha Post
Sagarmatha Post १० मंसिर २०८३, बिहीबार
1 Min Read
Aa

 काठमाडौं । लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका १४ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ।नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत प्रहरी महानिरीक्षकको सचिवालयको कानून तथा मानव अधिकार महाशाखा (कानून शाखा) ले सार्वजनिक सूचना जारी गर्दै गैरहाजिर प्रहरी कर्मचारीलाई बाटोको म्यादबाहेक सात दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो।

सूचनामा काठमाडौं, तनहुँ, पर्सा, महराजगञ्ज, जाजरकोट, इलाम, पाल्पा, मकवानपुर, इन्द्रदेही, सुर्खेत, कञ्चनपुर र रामेछापलगायतका विभिन्न स्थानमा कार्यरत वा दरबन्दी रहेका प्रहरी कर्मचारीहरूको विवरण समावेश गरिएको छ।प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर हुनुको उचित कारणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन भनेको छ।तोकिएको समयभित्र उपस्थित नभए प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत सूचनामार्फत दिइएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्