भोली हारौंला या जितौंला तर तारकेश्वरको समुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिगर्न सम्झौता गर्दिन : नगरप्रमुख महर्जन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ जेष्ठ २०८०, शुक्रबार
4 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका प्रमुख कृष्ण हरि महर्जनले तारकेश्वरका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धि गराउने क्रममा कुनै सम्झौता गर्न नसकिने बताउनुभएको छ ।
तारकेश्वर नगरपालिकाको शिक्षा समितिद्धारा आज आयोजित कार्यक्रममा बोल्नुहुंदै नगरप्रमुख महर्जनले नगरपालिका भित्रको शैक्षिक गुणस्तर बृद्धि गराउनका लागि हदै सम्म कठोर बन्ने बताउनुभयो ।

May be an image of 8 people and text
उहाँले भन्नुभयो “अव शिक्षालाई परिवर्तन गर्नका लागि दलिय आस्थाबाट माथी उठेर लाग्नुहोस । भोली हारौंला, जितौला, या भोली राजनीति गरौंला, नगरौंला तर म लगायत मेरो टिमको कार्यकालमा तारकेश्वरको शिक्षामा परिर्तन गराँउछु, गराँउछु त्यसका लागि अब कुनै पनि कम्परमाइज हुने छैन् ।”
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि अव कुनै बहानाबाजी नचल्ने बताँउदै नगरप्रमुख महर्जनले भन्नुभयो “विद्यालयको समग्र व्यवस्थापन गर्ने पाटोमा विद्यालय व्यवस्थापन समितिको महत्वपुर्ण भुमिका होला तर विद्यालयमा शिक्षाको गुणस्तर बढाउने जिम्मा प्रधानाध्यापककै हो । त्यसमा डाउट नहुनुहोस । विद्यालय व्यवस्थापन समितिले हस्तक्षप गर्यो, शिक्षामा खलबल्याउने काम गर्यो भने प्रत्यक्ष मलाई फोन गर्नुहोस, म कुरा गरौंला, तपाँईहरु पढाउने कुरामा अगाडी बढनुहोस, शिक्षामा गुणस्तर ल्याउने कुरामा ध्यानदिनुहोस, अव पछिल्लो कुरामा हिजोको कुरामा तपाँईहरु अलमलीएर नबस्नुहोस । अब आज के गर्ने हो, भोली कहाँ पुग्ने हो त्यो कुरामा अगाडी बढनुहोस ।”
तारकेश्वर नगरपालिकाले नेपालका ७५३ नगरपालिका मध्यकै उत्कृष्ट शिक्षा ऐन बनाउन लागेको बताँउदै नगरप्रमुख महर्जनले तारकेश्वर नगरपालिकाले बनाएको शिक्षा ऐनलाई मुलुकभरका स्थानीय निकायहरुले कपि गर्ने दावी गर्नुभयो ।

May be an image of 3 people, dais and text
कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरेले शिक्षा ऐनमा विद्यालयलाई शान्ति क्षेत्र घोषणा गदै विद्यालय भित्र नाराजुलुस, कुनै पनि पर्चा पम्प्लेट टाँस्न निषेध गदै राजनैतिक दल वा तिनका भातृसंगठनका गविधिलाई पुर्णत रोक लगाउने लगाएर शैक्षिक गतिविधिहरुलाई मात्र प्रोत्साहन गर्ने गरि शिक्षा ऐन ल्याउनुपर्ने बताउनुभयो ।
शिक्षा ऐन बनाउनुको उदेश्य तारकेश्वरका विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धि गराउनुनै रहेको बताँउनुहुंदै डा. घिमिरेले प्रस्तावीत ऐन सामुदायिक र संस्थागत विद्यालयलाई भेदभाब गर्ने गरी ल्याउन नहुने बताउनुभयो ।
तारकेश्वरलाई शैक्षिक हब बनाउन तथा यहाँका शिक्षा क्षेत्रको सुधारका लागि शिक्षा ऐन आउनलागेको शंका गनुपर्ने अवस्था नगरेको बताँउदै डा. घिमिरेले भन्नुभयो “ऐनमा भएको तिन महले बनाउनुहोस, परिवर्तन हुनुपर्ने वा नयाँ बनाउनुपर्ने कुरा के हो ? किन थप गरिदैं छ त्यसको जष्टिफिकेसन समेत लेख्नुहोस, शिक्षा ऐन शिक्षा क्षेत्रकै लागि भएकाले धेरै कुरा सोच्नुपर्ने अवस्था छैन्”

May be an image of 1 person and dais
कार्यक्रममा तारकेश्वर नगरपालिकाका शिक्षा समिति सदस्य तथा शिक्षा ऐनका मस्यौदा समितिका सदस्य राजेन्द्र प्रसाद तिमिल्सीनाले तारकेश्वरको पुरानो शिक्षा ऐनमा धेरै सुधार गर्नुपर्ने भएकाले नयाँ शिक्षा ऐन ल्याउन लागेको बताउनुभयो ।
उहाँले पुरानो शिक्षा ऐनमा ४९ दफा मात्र रहेको बताँउदै नयाँ शिक्षा ऐनमा १३ परिच्छेद र ७६ दफा रहेको बताउनुभयो । तिमिल्सीनाले सबैको भाबना समेटीएर शिक्षा ऐन आउने बताउनुभयो ।

May be an image of 4 people, dais and text
कार्यक्रममा तारकेश्वर नगरपालिकाका राजश्व शाखाका प्रमुख सागर अर्यालले तारकेश्वरका ९० प्रतिशत संस्थागत विद्यालयहरु स्थानीय सरकारको करको दायरा भित्र नरहेको बताँउदै अबिलम्ब वडा कार्यालयहरुमा दर्ता हुन आग्रह गर्नुभयो ।

May be an image of 1 person
तारकेश्वर नगरिशक्षा शाखाका प्रमुख पदम बहादुर खत्रीले सञ्चालन गर्नुभएको कार्यक्रममा नगर उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, शिक्षा समितिका सदस्य एवं वडा नं ३ का अध्यक्ष परशुराम अर्याल, वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठ, तारकेश्वर नगर प्याव्सनका अध्यक्ष धन बहादुर पुन सहित संस्थागत र सामुदायिक विद्यालयहरुका प्रधानाध्यापक, स्कुलका प्रतिनिधि लगायतको उपस्थीति रहेको थियो ।

May be an image of 2 people and dais

May be an image of 1 person, dais and text

May be an image of 11 people and suit

May be an image of 2 people, dais and text

May be an image of 4 people and text

df

May be an image of 9 people, dais and text

May be an image of 2 people

May be an image of 3 people

May be an image of 9 people, people smiling and dais

fg

प्रतिक्रिया दिनुहोस्

Array