इलामका उम्मेदवारहरूले गरे मतदान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ बैशाख २०८१, शनिबार
1 Min Read
Aa
इलाम , इलाम क्षेत्र २ मा मुख्य उम्मेदवारहरूले मतदान गरेका छन् ।  बिहान ७ बजे देखिनै यस क्षेत्रमा उत्साहजनक रूपमा मतदान भइरहेको छ ।  निर्वाचन क्षेत्रका एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।उहाँका अनुसार  बिहान ९ः ३० बजे सम्ममा ८ दशमलव ४५ प्रतिशत मत खसेको छ । इलाममा हाल सम्म ९ हजार सात सय ८७ मत खसेको छ । निर्वाचन क्षेत्रमा १ लाख १५ हजार ८ सय ८७ मतदाता सङ्ख्या रहेको छ । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सबै केन्द्रमा हाल सम्म शान्तिपूर्ण रूपमा मतदान भइरहेको जानकारी दिनु भयो ।
gorkhapatraonline

प्रतिक्रिया दिनुहोस्

Array