राष्ट्रिय स्वार्थ र कूटनीतिलाई ध्यान दिन सांसदको आग्रह : सांसद रघुजी पन्त

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ असार २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ, नेकपा (एमाले)का सांसद रघुजी पन्तले आफ्नो राष्ट्रिय स्वार्थ र कूटनीतिलाई ध्यान दिएर परराष्ट्र नीति सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्र मन्त्रालयलगायतका विनियोजित शीर्षकमाथिको छलफलमा भाग लिँदैै सांसद पन्तले सार्वभौम समानता र राष्ट्रिय स्वाधीनतामा आधारित रहेको नेपालको गौरवमय इतिहास र पञ्चशीलको परराष्ट्र नीति भएको मुलुकको छविलाई अन्तर्राष्ट्रियस्तरमा कायम राख्न आग्रह गर्नुभयो ।

उहाँले नेपालको राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर विश्व समुदायमा बोल्न पछि पर्न नहुनेमा जोड दिँदै विदेशस्थित नेपालका कूटनीतिक नियोगलाई पुनरावलोकन गरी प्रभावकारीरुपमा सञ्चालन गर्न माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array