इलाम क्षेत्र नम्बर २ उपनिर्वाचनको मतगणना जारी काँग्रेसले अग्रता

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ बैशाख २०८१, आईतवार
1 Min Read
Aa

इलाम । इलाम क्षेत्र नम्बर २ उपनिर्वाचनको मतगणना जारी छ । फाकफोकथुम १ नम्बरमा काँग्रेसले अग्रता लिएको छ । कांग्रेस उम्मेदवार डम्बर खड्काले ११४५ मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १०६३ मत प्राप्त गर्नुभएको छ । रास्वपाका उम्मेदवार मिलन लिम्बुले ११५ मत पाउँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १८७ मत पाउनुभएको छ ।मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना भइरहेको छ । एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम–२ मा ६९ हजार ४२१ मतदाताले मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा हिजो उपनिर्वाचन भएको हो । संविधानसभा अध्यक्ष समेत रहनुभएका सुवासचन्द्र नेम्वाङको निधन भएपश्चात् यहाँ उपनिर्वाचन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array