घूस लिएको अभियोगमा मुद्दा दायर

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ असार २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौँ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको अभियोगमा सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिनकुमार भदैसवारविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार जाहेरी दर्ता गर्ने क्रममा भदैसवारले सेवाग्राहीसँग रु नौ हजार घूस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही दिनअघि उहाँलाई पक्राउ गरेको थियो । आरोपी प्रहरी सहायक निरीक्षक भदैसवारविरुद्ध बिगोबमोजिम कारबाहीको माग गर्दै मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array