नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ असार २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ,  बिहीबार मध्याह्नदेखि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीबार दिउँसो १ बजेको समयमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै सडक एकतर्फी सञ्चालनमा आएको हो । साँझ ५ बजेदेखि एकतर्फी सवारी सञ्चालनमा आएसँगै केही बेरमा ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सडक बन्द हुने र खुल्ने क्रम जारी रहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङले ठूलो पहिरो पन्छाइसकिएको र खसेका पहिरा पन्छाउँदै सडक एकतर्फी सञ्चालनमा ल्याइएको बताउनुभयो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलका अनुसार आज बिहान ८ः३० बजेदेखि दुवैतर्फबाट पहिरो पन्छाउने काम सुरु गरिएको थियो । बेलाबेलामा माथिबाट ढुङ्गा खसेर काममा अवरोध पुगे पनि सजगता अपनाउँदै काम गरिएको उहाँको भनाइ छ ।

दुई वटा एक्साभेटर र दुई वटा लोडरले पहिरो पन्छाउने काम गरिरहेका छन् । सुक्खा पहिरो निरन्तर खसेपछि पन्छाउने काम गर्न सकिएको थिएन । सडक एकतर्फी सञ्चालनमा आए पनि सवारीको लामो लाइन भएकाले वैकल्पिक सडक प्रयोग गर्न अहाँले आग्रह गर्नुभयो ।

चौबिस घण्टाभन्दा बढी सडक अवरुद्ध हुँदा रोकिएका सवारी साधनका यात्रु गन्तव्यतर्फ लागेका छन् । एक तथ्याङ्कअनुसार उक्त सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

Array