कर्मचारीको हडतालले सेवाग्राही मर्कामा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ असार २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ,  अदालतका कर्मचारीले हडताल गर्दा देशभरका सेवाग्राही मर्कामा परेका छन् । ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेको विरोधमा देशभरका अदालतमा कर्मचारीले हडताल गरेका हुन् ।

चार कर्मचारी सङ्गठनले हड्ताल गरेका हुन् । कर्मचारीको आन्दोलनका कारण मुद्दाको पेसी, तारेख लिन पुगेका र मुद्दाको सुनुवाइका लागि अदालत पुगेका सेवाग्राही मर्कामा परेका हुन् । नासु तामाङमाथि अभद्र व्यवहार गर्ने लामिछानेलाई पक्राउ गरी प्रहरीले कारबाही प्रक्रिया अघि बढाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array