काठेपुल जिर्ण भएपछि यातायात अवरुद्ध

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० असार २०८०, शनिबार
2 Min Read
Aa

काठमाडौँ,  हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–१ तिमाङ खोलाको काठेपुल जिर्ण भएपछि यातायात अवरुद्ध छ । विसं २०७८ असार १ गते आएको बाढीले मोटरेबल पुल भत्किएपछि बनाइएको काठेपुलको काठ कुहिएपछि यातायात अवरुद्ध भएको हो ।

प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले मोटरेबल पुल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन तयार गरिएको जानकारी दिनुभयो । “अहिलेका लागि यातायात सञ्चालन गर्न आवश्यक छ, काठकै पुल निर्माण गरी यातायात सञ्चानल गर्नुपर्छे”, उहाँले भन्नुभयो । मोटरेबल पुल निर्माणको प्रक्रिया दू्रत गतिमा अघि बढाइएको उहाँको भनाइ छ ।

डुम्रे–बँेसीसहर–चामे सडक योजना कार्यालयका अनुसार तनहुँ, लमजुङ र मनाङ गरी तीन जिल्लामा १५ मोटरेबल पुलको ठेक्का दिने तयारी छ । मनाङमा नौवटा मोटरेबल पुल निर्माण हुने योजना कार्यालयका प्रमुख रवीन्द्र दासले जानकारी दिनुभयो । ठेकेदारले समयमै काम नगर्दा पुल निर्माणको कामले गति लिन नसकेको उहाँको भनाइ छ । वार्षिक रुपमा विनियोजित बजेट ‘फ्रिज’ हुने गरेको छ ।

“बजेट फ्रिज हुन नदिन ठेकेदारलाई कडाइ गरिएको छ”, दासले भन्नुभयो । मनाङमा मोटरेबल पुल निर्माणको काम समयमा नहुँदा वर्षैपिच्छे काठको पुल निर्माण गर्दा यहाँ राज्यको दोहोरो लगानी हुने गर्दछ । सामान्यतया कम्तीमा एउटा काठको पुल निर्माण गर्दा रु तीन लाखसम्म खर्च हुने गरेको प्रमुख दासले बताउनुभयो । बर्खामा तत्कालका लागि अस्थायी रुपमा काठको पुल निर्माण गर्ने गरिएको छ । “बिस्तारै जिल्लालाई काठेपुलरहित बनाउँदै छौँ”, उहाँले भन्नुभयो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array