तारकेश्वर नगरपालिकामा आर्थिक बर्ष ०७९/८० मा सर्वाधीक राजश्व उठाउने यि हुन तिन वडा कार्यालय

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ श्रावण २०८०, आईतवार
4 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिकामा राजश्वको दर घटाउने, करको दायरा बढाउने नगरप्रमुख कृष्ण हरि महर्जनको प्रगतिशिल कर सिद्धान्तका कारण आर्थिक बर्ष ०७९/८० मा २७ करोड २ लाख ९१ हजार राजश्व संकलन भएको छ ।
तारकेश्वर नगरपालिकाको १२ औ नगरसभाले संसोधन सहित कुल ३० करोड १२ लाख आन्तरीक राजश्वको लक्ष्य दिएकोमा आ.व ७९/८० को अन्त्य सम्म लक्ष्यको ९० प्रतिशत राजश्व संकलन भएको हो ।

राजश्वको दर घटाएर दायरा बढाएसंगै नगरवासी करदाताहरुले राहत महसुस गरेसंगै वडाहरुले समेत लक्ष्य अनुरुप राजश्व उठाउन सफल भएका छन् । तारकेश्वर नगरपालिकाको राजश्व शाखाका प्रमुख सागर अर्यालका अनुसार आर्थिक बर्ष २०७९/०८० मा तारकेश्वर नगरपालिका प्राय सबै वडाहरुमा १ करोडको हाराहारीमा राजश्व संकलन भएका छन् ।

No description available.

जस अनुसार तारकेश्वर नगरपालिकाका ११ वटा वडा मध्य ३ वटा वडाहरुले सर्वाधीक राजश्व उठाएर उत्कृष्ट तिन वडामा पर्न सफल भएका छन् । जस अनुसार तारकेश्वर नगरपालिका वडा नं ८ तारकेश्वरको सबै भन्दा बढी राजश्व उठाउने पहिलो वडा बनेको छ । तारकेश्वर नगरपालिका वडा नं ८ डाँडागाँउमा कार्यालय रहेको वडा नं ८ ले आर्थिक बर्ष ०७९/८० को अन्त्य सम्म १ करोड ९७ लाख २७ हजार २ सय १ रुपयाँ राजश्व संकलन गरेको छ । तारकेश्वरमा सर्वधीक राजश्व उठाउने वडा नं ८ का अध्यक्ष श्यामकृष्ण सापकोटा, वडा सदस्यहरु सुदिप घिमिरे, मोहन खत्री, महालक्ष्मी काफ्ले र लक्ष्मी परियार हुनुहुन्छ तथा वडा सचिबका रुपमा उमा बस्नेत नेतृत्वको कर्मचारीहरु कार्यरत हुनुहुन्छ ।

No photo description available.
त्यस्तै तारकेश्वर नगरपालिका वडा नं ६ ले १ करोड ५१ लाख ७३ हजार ३ सय ५६ रुपयाँ राजश्व संकलन गरेर सर्वाधीक राजश्व संकलन गर्ने दोश्रो वडा बनेको छ । यस वडाका अध्यक्ष घनश्याम श्रेष्ठ, वडा सदस्यहरु अञ्जु बस्नेत, रामचन्द्र घिमिरे, मुक्तीनाथ गुरागाँई, सबिना नेपाली हुनुहुन्छ भने वडा सचिब सुशिला शर्मा नेतृत्वको कर्मचारीहरु कार्यरत हुनुहुन्छ ।

No photo description available.
त्यस्तै तारकेश्वर नगरपालिका वडा नं १० ले आ.व ७९/८० मा १ करोड ५१ लाख ५६ हजार ८ सय ६१ रुपयाँ राजश्व संकलन गरेर तारकेश्वर नगरपालिाकाको सर्वाधीक राजश्व उठाउने तेश्रो वडा बनेको छ । वडा नं १० ले सर्वाधीक राजश्व उठाउने दोश्रो वडाको रुपमा रहेको वडा नं ६ भन्दा मात्र १६ हजार ५ सय ९५ रुपयाँ कम राजश्व उठाएको छ । यस वडाका अध्यक्ष कुमार राई, वडा सदस्यहरु शान्ता थपलिया, बाबुराम पौडेल, बिक्रम महर्जन, रत्नमाया नेपाली हुनुहुन्छ भने वडा सचिब सुर्दशन घिमिरे सहितको कर्मचारीहरु कार्यरत रहनुभएको छ ।
नगरपालिकाको राजश्व शाखाले २०७९ पुस देखी करदाता शिक्षा कार्यक्रम सुरु गरेको थियो । करदाता शिक्षासंगै बजार अनुगमनका कारण व्यवसाय दर्ता, बहालकर लगायतमा क्षेत्रमा राजश्व बृद्धि भएको छ ।
तारकेश्वर नगरपालिकाको “स्वेच्छीक सहभागीता सहितको कर, विकास आत्मनिर्भर उन्मुख नगर” भन्ने नारालाई आत्मसाथ गदै कर संकलनका लागि तारकेश्वर नगरपालिकाको राजश्व शाखाले बिभिन्न कार्यक्रमहरु गर्ने बताएको छ ।
बिगतका बर्ष झै यस बर्ष पनि स्थलगत रुपमा व्यवसाय दर्ता शिविर, करदाता शिक्षा कार्यक्रम, सम्पत्ती कर, भूमिकर, अभिमुखिकरण कार्यक्रम पालिकाको वडा नं ८,९,१०,११ र ४ मा टोल विकास संस्था मार्फत सहरीकरण विस्तारको आधारमा टोल विकासलाई चाहिएको विकासको लागि अनुदान उपलव्ध गराई अनिवार्य रुपमा कर प्रशासनमा सहभागी गराउने कार्यक्रम, प्रत्यक वडालाई बार्षीक आन्तरीक आयको लक्ष्य प्रदान गर्ने, लक्ष्य अनुरुप राजश्व दाखीला भए नभएको अनुगमन र नियमन गर्ने जस्ता कार्यहरु गरिने राजश्व शाखा प्रमुख अर्यालले बताउनुभयो ।
चालु आर्थिक बर्षमा कार्यक्रमहरुलाई निरन्तता र केहि थप कार्यक्रम सहित तारकेश्वर नगरपालिकालाई आन्तरीक आयबृद्धि गरी थप स्वयत्तता हाँसील गर्ने लक्ष्य लिएको राजश्व शाखाका सुव्वा ईश्वर अम्गाईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array