लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित चिनियाँ नागरिक पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ श्रावण २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको १ सय दरको १ हजार थान गरी जम्मा १ लाख चिनियाँ युआनसहित चिनियाँ नागरिक ५८ वर्षीय होङग होङगलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
एयर चाईनाको उडानद्वारा काठमाडौंबाट चीनको छेन्दु प्रस्थान गर्न लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त चिनियाँ युआन फेला परेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array