गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ बैशाख २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौँ ।  सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज गरिदिएको छ  ।न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासले सोमबार उक्त रिट खारेज गरेको हो । नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको रिट खारेज गर्दै अधिकारीलाई काम गर्ने बाटो खोलिदिएको हो। साथै, प्रदेशसभाबाटै बहुमत परीक्षण गर्नुपर्ने पनि सर्वोच्चको ठहर छ। प्रदेश सभामुख आफूले मुख्यमन्त्रीको दाबीमा हस्ताक्षर नगरेको र आफू सोमा सहभागी पनि नरहेको भनी सार्वजनिक घोषणा गरेको र ६० सदस्यीय प्रदेश सभामा सभामुखलाई गणना नगर्दा पनि अधिकारीको पक्षमा बहुमत पुग्ने देखिएको भन्दै सर्वोच्चले उनको नियुक्ति बदर गर्नु नपर्ने तर्क गरेको छ।पाण्डेले विकल्पमा बहुमत प्रस्तुत गर्न नसकेको आधारसमेत देखाएर उनको रिट खारेज गरिएको छ। यस्तो अवस्थामा विश्वासको मत लिँदा नै बहुमतको परीक्षण हुने भएकाले त्यसमा अदालतले हस्तक्षेप गर्न उचित नहुने सर्वोच्चको ठहर छ।

प्रतिक्रिया दिनुहोस्

Array