नेपालमा लगानीको वातावरण बन्दै गएको छ : विकास साझेदार संस्थाहरू

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ बैशाख २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ । विकास साझेदार संस्थाहरूले नेपालमा लगानीको वातावरण बन्दै गएको बताएका छन् । तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी विश्व बैङ्क, एसियाली विकास बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सहित विकास साझेदार संस्थाका प्रतिनिधिहरूले सोमबार बिहान होटल सोल्टीमा अर्थमन्त्री वर्षमान पुनसँग साइड लाइट वार्ता गर्नुभएको थियो । त्यस क्रममा उहाँहरूले सरकारले हालै मात्र कानूनी र प्रक्रियागत सुधारका लागि चालेका कदमले लगानीको वातावरण बनाएको बताउनुभयो।

यस्तै उहाँहरूले सत्तारुढ र प्रतिपक्षी दलहरुबीच विकासबारेको समान धारणाको खुलेरै प्रशंसा गर्नुभयो । सम्मेलनको उद्घाटन सत्रमा काँग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विकासका एजेन्डामा नेपालका सबै दलसँगै रहेको प्रतिबद्धता जनाएकातर्फ उहाँहरूको सङ्केत थियो । उहाँहरूले कानूनी र प्रक्रियागत सुधारबारे आगामी दिनमा पनि ख्याल गर्न सुझाव दिनुभयो । नेपालका दलहरूमा देखिएको विकास र लगानीप्रतिको ऐक्यबद्धताले लगानीकर्तामा उत्साह थपिएको उहाँहरूको भनाइ थियो । बैठकमा अर्थमन्त्री पुनका साथै मुख्य सचिव वैकुण्ठ अर्याल, अर्थ सचिव मधुकुमार मरासिनी, राजश्व सचिव डा. रामप्रसाद आचार्य, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र मन्त्रालयका सह–सचिवद्वय श्रीकृष्ण नेपाल र धनीराम शर्मा लगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

Array