चितवनमा चार दिनमा नै डेँगुको संक्रमण झण्डै तीन गुनाले वृद्धि

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० श्रावण २०८०, शनिबार
1 Min Read
Aa

चितवन, चितवनमा चार दिनमा नै डेँगुको संक्रमण झण्डै तीन गुनाले वृद्धि भएको छ । स्वास्थ्य कार्यालय चितवनले शुक्रबार सार्वजनिक गरेको तथ्यांकलाई विश्लेषण गर्दा बिगत चार दिनमा नै डेँगु संक्रमितहरुको संख्या झण्डै तीन गुनाले वृद्धि भएको हो ।साउन १५ गतेसम्म चितवनमा डेँगु संक्रमितहरुको संख्या १३ जना रहेकोमा साउन १९ गते आइपुग्दा यो संख्या बढेर ३७ जना पुगेको छ । यही अनुपातमा संक्रमितको संख्या हरेक दिन बढ्दै जाने हो भने चितवनमा डेँगुको संक्रमण भयाबह बन्न सक्ने स्वास्थ्य विज्ञहरुको चिन्ता छ । स्वास्थ्य कार्यालयका अनुसार साउन १ गतेदेखि शुक्रबारसम्म भएको ३२५ वटा परीक्षणमा ३७ जनामा डेँगु पुष्टि भएको थियो । जसमा ठेगाना नखुलेका ६ जना, चितवनका जम्मा १९ जना र अन्य जिल्लाका १२ जना रहेका छन् । चितवनका संक्रमितहरुमध्ये भरतपुर महानगरपालिका ६ जना, खैरहनीका ३ जना, रत्ननगरका ७ जना र राप्ती नगरपालिकाका तीन जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array