‘ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष हुनुहन्छ, पार्टी यो चूनौतिको सामना गर्न तयार छ’

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ श्रावण २०८०, आईतवार
11 Min Read
Aa

काठमाडौं,  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कसैले माग्दैमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नदिने स्पष्ट पारेका छन् । सरकारले अहिले भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा निर्मतापूर्वक काम गरेको भन्दै यस्तो बेलामा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुको कुनै तुक र अर्थ नहुने उनको टिप्पणी छ ।
आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष–साक्षात्कारमा बोल्दै मन्त्री ज्वालाले कसैले भन्दैमा अहिलेको सरकार नढल्नेसमेत स्पष्ट पारे । उनले वर्तमान सत्ता–गठबन्धन संसद्को पूरा अवधिसम्म कायमै रहने ठोकुवा गरे । उनले भने–‘अहिले राजीनामाको प्रसंग आउने गरिरहेको छ । एउटा कुरा त यो राजनीतिक स्टन्टबाजी पनि हुनसक्छ । अर्को पोलिटिकल कन्जम्पसनपनि हुनसक्छ। गठबन्धन बलियो हुँदासम्म र सरकारले शीर निहुराउने काम नगर्दासम्म कसैको दबाबमा राजीनामा दिनुपर्दैन् । सरकारले एकातिर राम्रो काम पनि गरिहेको छ, अनि राजीनामा पनि दिनुपर्ने ? भ्रष्टाचारलीलाई कारबाही गरेको बेलामा अनि राजीनामा गर्ने ? सुशासन कायम गर्नको लागि सरकारले यसरी काम गरिरहने, अनि राजीनामा दिनुपर्ने ? यो कुरा मिलेन ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले वर्तमा सरकार पाँचै वर्ष टिक्ने दाबी गरे । ‘यो गठबन्धन कायम छ । बलियो छ । गठबन्धनभित्र कुनै समस्या छैन्’, उनले भने–‘गणितीय हिसाबले पनि यो सरकार टिक्ने राम्रो आधार छ । जनताको निम्ति सरकारले राम्रा काम गरेको छ। जपक्षीय काम गरेको छ। भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर भनेर जनताले भनेका छन् । अनि सरकारले त्यही काम गरिरहेको छ, सरकार भ्रष्टाचारीहरुलाई कारबाही गर्न निर्मम छ ।’
नेकपा (एकीकृत समाजवादी) का उपमहासचिवसमेत रहेका मन्त्री ज्वालाले सरकारले राम्रो गरिरहेको अवस्थामा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामाको प्रसंग आउनु नै गलत भएको बताए । उनले भने,‘अहिले राजीनामाको प्रसंग नै नआउनुपर्ने हो । राम्रो काम गर्नेले राजीनामा दिने होईन । कि त कोही भ्रष्टाचारमा मुछिनुपर्यो । बदनाम हुनुपर्यो । जनविरोधी काम गर्नुपर्यो । जनताले यो मन्त्री र प्रधानमन्त्रीले राजीनामा देउ भन्नुपर्यो । कुनै नेताले आफ्नो कुर्सीको निम्ति राजीनामा माग्नुको कुनै अर्थ हुँदैन् । जनताले यो सरकारलाई समर्थन गरेका छन् । सरकारका कामलाई जनताले प्रशंसा गरेका छन् । जनताले बल्ल सरकार भएको अनुभूति गर्न थालेका छन् । यतिवेला राजीनामाको प्रसंग आउनु बेमौसमको बाजा बजाउनु हो ।’
उनले एक क्विन्टल सुन तस्करीबारे सिआईबीले छानबिन गरिरहेको उल्लेख गर्दै अनुसन्धान जरैसम्म पुग्ने र दोषीहरुमाथि कारबाही हुने विश्वास दिलाए । उनले भने,‘सुन तस्करी प्रकरणमा छानबिन भैरहेको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ । हामी दोषी र बद्मासीलाई छोड्दैनौं । सम्माननीय प्रधानमन्त्रज्यूले पनि भन्ने गर्नुभएको छ की–कोही दोषी छुट्दैन, निर्दोष फस्दैनन् । नक्कली भुटानी शरणार्थी प्रकरणदेखि सुन तस्करीसम्मको कुरा गर्दा, सरकारले दोषी नछुट्ने र निर्दोष नफस्ने ढंगले अनुसन्धान गरिरहेको छ । सरकार यसमा दृढ छ । सरकार डगमगाउँदैन् ।’
यस्तै, ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष रहेको मन्त्री ज्वालाको दाबी छ । उनले भने,‘त्यसमा हामी प्रष्ट छौं । बालुवाटारमा प्रधानमन्त्रीको निवासलाई बिस्तार गर्नको लागि कुनै बेला नीतिगत निर्णय भयो । अब नीतिगत निर्णय गर्दैमा छानबिन हुने अनि कारबाही हुन थाल्यो भने त केही निर्णय नगरेर बस्नुपर्यो नि । यो चूनौति सामना तयार अध्यक्ष माधव नेपाल तयार हुनुहुन्छ । उहाँ त्यसमा एकदम निर्दोष हुनुहुन्छ । उहाँ क्लिन हुनुहुनछ । त्यतिमात्रै होईन, अहिलेसम्मको उहाँको राजनीतिक जीवन अत्यन्तै पारदर्शी पनि छ । स्वच्छ छविको नेताको रुपमा कसैको नाम लिईन्छ भने त्यो माधव नेपालको नाम लिईन्छ । यस्ता कुराले, तर्सिनुपर्दैन । यो चूनौतिको सामना गर्न उहाँ तयार हुनुहुन्छ । हाम्रो पार्टी तयार छ ।’
उनले सरकार नढल्ने कुरा दोहोर्याए । ‘सरकार संसद्को यो अवधिभरि चल्छ । पूरा अवधि चल्छ । बरु व्यक्ति, मन्त्री अर्को कोही बदलिन सक्छ । यो गठबनधन यो संसद्को कार्यकालभित्र कायम रहन्छ । हामी राजनीति स्थिरता र सुशासन पनि कायम गर्छौं । यो सरकार निर्वाध रूपमा अघि बढ्छ ।’
सो अवधिमा उनले आफू नेतृत्वको मन्त्रालयले भौतिक पूर्वाधार र यातायात दुवै क्षेत्रमा राम्रो काम गरेको सुनाए । उनले सरकारले नै राम्रो काम गरिरहेको दाबी गरे । उनले भने–‘हाम्रो मन्त्रालयअन्तर्गत याातायत क्षेत्रमा सुधार गरेका छौं । वैदेशिक रोजगारमा जानेको लागि श्रमिकलाई सुविधा दिनेगरि काम गरेको छ। स्वास्थ्य मन्त्रालयको तर्फबाट गरिब, निमुखा र विपन्नको लागि उपचारको लागि केही प्रयत्न भएका छन् । विभन्न मन्त्रालयले जनताको पक्षमा काम गरेका छन् । भ्रष्टाचार, कुसशानको विरोधमा सरकार छ । हामी रोजगारीका कार्यक्रम ल्याउँदैछौं । सरकारले संघीय निजामती ऐन ल्याउँदैछ । शिक्षा ऐन अघि बढाउँदैछ । सडक अनि सवारी तथा यातायात व्यवस्थासम्बन्धी ऐन आउँदैछ । यस्तो बेलामा राजीनामा दिनुपर्ने कुराको कुनै तुक र अर्थ छैन् ।’
मन्त्री ज्वालाले आफूले पनि राम्रो कामको सुरुवात गरेको जिकिर गरे । उनले भने–‘पूर्वाधारको कुरा गर्दा अब काम गर्ने र नगर्नेहरुको वर्गीकरण गर्छौं । ठेक्का लिने अनि काम नगर्ने गर्नुहुँदैन । काम गर्नेहरुलाई प्रोत्साहन गर्छौं । तर, काम नगर्नेहरुलाई हस्तक्षेप गर्छौं । कामको लागि सहजीकरण गर्न तयार छु । निर्माण व्यवसायीहरुले पनि निर्धारित समयमा गुणस्तरीय काम गर्नुपर्छ ।’
उनले यातायात व्यवस्थामा अस्तव्यस्तता रहेको स्विकार्दै सो क्षेत्रमा पनि सुधारका कार्यक्रम अघि बढाएको दाबी गरे । उनले भने–‘स्मार्ट लाईसेन्स कार्डको कुरा छ । छिटोभन्दा छिटो प्रिन्टिङको व्यवस्था गर्ने कुरा छ । अहिले यातायात विभागमा विचौलियाको अन्त्य गरेका छौं । सेवा अब अनलाईनबाट सुरु हुन्छ । पोखराबाट सुरु भैसक्यो । अन्य समस्या हल हुन्छन् । अर्को सुरुवात सर्यविनायकदेखि रत्नपार्कसम्म र्यापिड बस सेवा सुरु गर्दछौं । अफिस आवरमा त्यसले लाभ हुन्छ । राहत होस भनेर सुरु भएको हो । यो अहिले ट्रायलको निम्ति सुरु हुँदैछ । यो सम्भव र सफल भयो भने उपत्कायभित्र अरु सेवा सुरु हुन्छ । भविष्यमा यातायात क्षेत्रमा सेवाग्रहीले राम्रो अनुभूति हुनेगरि काम गर्छौं ।’
सो क्रममा उनले निर्माण व्यवसायीहरुको आन्दोलनप्रति सरकारको ध्यानाकार्षण भएको र माग पूरा गर्नतर्फ लागेको स्पष्ट पारे । उनले भने,‘महासंघले आन्दोलन गरिरहेको विषय जो छ, उहाँहरुको मागबारे सरकारको ध्यानाकर्षण भैरहेको विषय हो । निर्माण व्यवसायी महासंघको ९ बुँदे माग राखेर आन्दोलन गरेको छ । सरकारले छलफल गरिरहेको छ । सरकार गम्भीर छ । यो भन्दा अघिका दुई पटकका मन्त्रिपरिषदको बैठकमा मैले प्रधानमन्त्रीको ध्यानाकार्षण गराएको छु् । यो विषय टुँगो लगाउनुपर्छ भनेको छु । आन्दोलन लम्बियो भने विकास निर्माणका कामममा असर पर्छ । समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्छ । सबैभन्दा मुख्य मुद्दा भनेको भुक्तानी नै हो । यो माग नाजायज होईन । मैले जे सत्य देख्छु, त्यही भन्ने गरेको छु ।’
उनले निर्माण व्यवसायीहरुको भुक्तानीको मागको विषय जायज भएको बताए । उनले भने,‘यसमा कुनै बहस गर्नुपर्दैन् । हाम्रो मन्त्रालयले नै बढि भुक्तानी दिनुपर्ने छ । भुक्तानीको विषयमा हामीले सबै प्रक्रिया पूरा गरेका छौं । अर्थमन्त्रालयमा भुक्तानी हुनुपर्नै फाइल पेश गरेका छौं । प्रधानमन्त्रीले यसैबीचमा बैठक यही विषयमा बोलाउनुभएको थियो । व्यापक छलफल भयो । निश्कर्ष भुक्तानी दिनुपर्छ भन्ने थियो ।’
उनले अहिले राजश्व संकलनमा मन्दी आएको सुनाए । उनले भने,‘अर्थतन्त्र संकटमा छ । तर, अर्थतन्त्रले अहिले केही न केही गति लिन थालेको छ । अर्थतन्त्र उठ्न थालेको छ । यसमा सन्तोष गर्ने ठाउँ छ । एकैचोटी भुक्तानी गर्न अप्ठ्यारो छ। काम गरेका निर्माण व्यवसायीहरुको भुक्तानी निश्चित् रूपमा गछौं । यसमा कुनै द्धिविधा छैन् । कतिबेला भुक्तानी गर्ने भन्ने कुरा निश्चित् समयसिमाभित्र भुक्तानी दिन्छौं भनेर कमिटमेन्ट गर्छौं । सम्बन्धित मन्त्रालयको निम्ति विनियोजित बजेटबाट सम्भवत भए भुक्तानी गर्नुपर्छ । मूलतः अर्थ मन्त्रालयले भुक्तानी दिन्छ । प्रधानमन्त्रीले निर्देशन दिइसक्नुभएको छ ।’
उनले व्यवसायीहरुको अरु मागबारे बसेर छलफल गर्ने प्रतिबद्धता जनाए । उनले भने,‘म्याद थपबारे गुनासो छन् । मूल्यवृद्धि समायोजना गर्नेबारे भनाई छ । अन्य विषय पनि छन् । ती विषयमा छलफल गर्छौं । भुक्तानी दिने रकम दिने हो । त्यसले विकास निर्माणका काम अघि बढ्नेछन् । बैंकको समस्या पनि हल हुन्छ । अर्थतन्त्र चलायमान हुन्छ । रेभ्युन्यु पनि कलेक्शन हुन्छ ।’
उक्त अवसरमा लोकताीन्त्रक निर्माण व्यवसायी संघका केन्द्रीय अध्यक्ष हुमनाथ कोइरालाले आफूहरुको मागप्रति सरकार गम्भीर हुनुपर्ने बताए । उनले भने,‘हामी निर्माण व्यवसायहिरु पूर्वाधारको काम गर्दै जान्छौं । नेपाल सरकारले टेण्डर आह्वान गर्छ । त्यही करारको सम्झौता गर्दै जाँदाखेरि हामीले सबैभन्दा ठूलो समस्या भनेको हामीले निर्माण गरिसकेको कामको भुक्तानी नपाएको समस्या हो । निर्माण व्यवसायीहरुमाथि काम नै नगर्ने भनेर आक्षेप लगाईएको छ । २ वर्षको काम चार वर्ष लगाएको भनेर आरोप लगाउने गरिएको छ । हामीले काम गर्दा गर्दैपनि काम गरेको भुक्तानी नपाएको कारणले कति दुःख पाएका छौं ? काम गर्दा भुक्तानी पाउँदैनौं भने । कस्तो दुःख भोगेको छौं ।’
उनले नेपाल निर्माण व्यवसायी महासंघले पटक–पटक पत्रकार सम्मेलन गरेर आफ्ना मागका बारेमा भनिसकेको सुनाए । उनले भने,‘हाम्रा ९ बुँदे माग छन् । त्यसमा मुख्य भनेको भुक्तानी पाउनुपर्यो भन्ने छ । अर्थमन्त्रीले पैसा दिने भन्नुभएको छ । उहाँले स्रोत सुनिश्चित गर्दैछौं भन्नुभएको छ । सडक, सिँचाई विभागलगायतले हामीले काम गरेका क्लाईन्टले यति रकम दिनुपर्ने छ भनेको छैन् । तर, हाम्रो हिसाबमा चार खर्ब बाँकी छ । काम गर्दागर्दै आधी भएको छ । बजेटको सुनिश्चितता् हेरेका छौं । नेपाल सरकारले बजेट सुनिश्चित् नभएकोमा काम गराउनुभएन ।’
उनले आफूहरुका जायज माग तत्काल पूरा हुनुपर्ने बताए । उनले भने,‘यो हड्ताल, बन्दको अवस्था अन्त्य गरौं । कहिलेसम्म दिने हो, बरु प्रो–डाटाको आधारमा सबैलाई एक÷दुई वा तीन÷चार महिनामा दिनेसक्ने हो, त्यहीअनुसार पैसा दिनुपर्यो । बैंकले हामीलाई कालोसुचीमा राख्छु भनेको छ । चेक बाउन्समा परेका छन् साथीहरु । सरकार हाम्रो मागप्रति गम्भीर हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

Array