डेंगु लागेर उपचार गराउन जाने बिरामी नै थप जोखिममा पर्ने उच्च सम्भावना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३१ श्रावण २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं । मुलुकभर मनसुनसँगै डेंगुलगायत चिकेनगुनियाजस्तो लामखुट्टेबाट सर्ने रोगको संक्रमण पछिल्ला दिनमा ह्वात्तै बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार मंगलबारसम्म डेंगु संक्रमण ७४ जिल्लामा फैलिसकेको छ ।डेंगु संक्रमणबाट हालसम्म १३ हजार २ सय ९२ जना बिरामी भएका छन् । साथै डेंगुबाट १० जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ । । १० जनाको मृत्यु, १३ हजार बढी संक्रमित

अस्पतालमा उपचार गराउन जाने बिरामी उल्टो अस्पतालबाटै बिरामी भएर फर्कनुपर्ने उच्च जोखिम देखिएको छ । राजधानीका अधिकांश अस्पताल परिसरभित्र बिग्रिएको उपकरणमा जम्ने पानीबाट डेंगु संक्रमण फैलनसक्ने उच्च जोखिम देखिन्छ । मेडिकल उपकरणमा जम्ने पानी खुला छाडिँदा त्यस्तो ठाउँबाट डेंगु फैलाउने लामखुट्टेलाई सहज बनिरहेको छ । राजधानीको त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल परिसरभित्र पानी जम्ने ठाउँ खुला देखिन्छन्, जहाँ डेंगु फैलाउने लामखुट्टेलाई बस्न सहज भइरहेको छ ।

कतिपय अस्पतालमा बिग्रिएका उपकरण र थोत्रा टायरमा पानी जमेर बसेको भेटिन्छन् । जसले गर्दा डेंगु लागेर उपचार गराउन जाने बिरामी नै थप जोखिममा पर्ने सम्भावना देखिएको छ । स्वास्थ्य मन्त्रालयले डेंगु संक्रमण फैलन नदिन घर’round सरसफाइ गर्न र पानी जम्ने खाल्डो पुर्न भनेको छ । तर, सरकारी अस्पालत परिसरमा बिग्रिएका उपकरणमा जम्ने पानीले डेंगु संक्रमणलाई झनै भयावह बनाउने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array