का.वा नगरप्रमुख बुर्लाकोटीद्धारा तारकेश्वरमा बर्षा र पहिरोका कारण क्षती भएको सडक र भौतिक संरचनाको निरिक्षण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३१ श्रावण २०८०, बुधबार
2 Min Read
Aa

रबिन थपलिया । तारकेश्वर नगरपालिकाकी कार्यवाहक नगरप्रमुख सृजना बुर्लाकोटी अर्यालले तारकेश्वरमा बर्षाका कारण क्षती भएको सार्वजनीक सडक, भौतिक संरचना लगायतको निरीक्षण गर्नुभएको छ ।
तारकेश्वर नगरपालिकाका बिभिन्न वडाहरुमा अबिल बर्षा र पहिरोका कारण पुगेको क्षतीको एकिन बिबरण र त्यहाँको अवस्थाका बारेमा जानकारी लिनका लागि प्राविधिक टोली सहित पुगेर निरिक्षण गर्नुभएको हो ।
कार्यबाहक नगरप्रमुख एवं नगरउपप्रमुख बुर्लाकोटीले तारकेश्वर नगरपालिका वडा नं १ को कुन्चीपकल र जगातको बिचमा गरिएको प्लटीङका कारण अवरुद्ध भएको सडकको अनुगमन गर्नुभयो । अव्यवस्थीत रुपमा गरिएको उक्त प्लटीङको पहिरो सडकमा खस्दा सडक अवरुद्ध भएको छ ।
तारकेश्वर नगरपालिकाका इन्जीनियर सुजन रेग्मी, बिपद व्यवस्थापन शाखाका प्रमुख शोभा श्रेष्ठ, वडा नं १ का अध्यक्ष बिदुर सापकोटा, नगरप्रहरीका प्रमुख शिवराम न्यौपाने र न्यायीक समितिका कर्मचारी रामचन्द्र अर्याल सहित निरिक्षणका लागि पुग्नु भएकी कार्यबाहक नगरप्रमुख बुर्लाकोटीले क्षतीको बिबरणको बारेमा प्राविधिक इष्टीमेट तयार पारेर पेश गर्न प्राविधिकलाई निर्देशन दिनुभयो ।
त्यस्तै तारकेश्वर नगरपालिका वडा नं ३ को कोट, वडा नं ४ को गुह्ेश्वरी सानोपुलको उकालो बाटोमा भएको क्षती, वडा नं ५ को अर्यालटार आसापुरी मन्दीर देखी माथी नागिन खोला आसपासको पहिरो, वडा नं ५ कै पृथ्वी नारायण मा.वि संगैको पहिरो, वडा नं ६ को बस्नेतटार देखि बोहराटार जाने सडकको पिच भासिएको लगायतका ठाँउमा भएको क्षतीको बारेमा जानकारी लिनुभयो ।

No description available.

No description available.

No description available.

No description available.

dfdf

प्रतिक्रिया दिनुहोस्

Array