राष्ट्रिय अन्तर्राष्ट्रिय पहिचान बढाउन काठमाडौँ महानगरपालिकाले अवधारणा माग

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ भाद्र २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं,  राष्ट्रिय अन्तर्राष्ट्रिय पहिचान बढाउन काठमाडौँ महानगरपालिकाले अवधारणा माग गरेको छ । महानगरपालिकाको सहरी योजना आयोगले सूचना जारी गर्दै अवधारणा पत्रसहित सूचीकृत हुन आउन भनेको हो । महानगरको समग्र ब्राण्डिङ सम्बन्धी काम गर्न इच्छुकले १५ दिनभित्र अवधारणा पेस गर्न सक्नेछन् ।

महानगरका अनुसार यसका लागि फर्म तथा सङ्घसंस्थाले, निवेदनसहित सिटी ब्राण्डिङ अवधारणा पत्र तथा गर्न सकिने कामको प्राविधिक प्रस्ताव, अहिलेसम्म गरेका कामको अनुभव प्रमाणपत्र तथा अन्य कागजात र संस्थाका कागजात पेस गर्नुपर्छ । संस्थाका कागजात भनेको दर्ता प्रमाणपत्र, पानभ्याट दर्ता प्रमाण पत्र, स्थानीय तहमा व्यवसाय दर्ता भएको प्रमाण पत्र, आव २०७८/७९ को करचुक्ता प्रमाणपत्र हुन् ।

व्यक्ति वा विज्ञले अवधारणा पेस गर्न चाहेमा नेपाली नागरिकताको प्रतिलिपि, व्यक्तिगत विवरण (बायोडाटा) अहिलेसम्म गरेका कामको अनुभव विवरण तथा प्रमाणपत्रसहित सिटी ब्राण्डिङ अवधारणा पत्र तथा गर्न सकिने काम उल्लेख भएको प्राविधिक प्रस्ताव पेस गर्नुपर्ने महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array