विभिन्न हातहतियारसहित पाँच जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ भाद्र २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं, भक्तपुर, मध्यपुर ठिमी नगरपालिका(१ लोकन्थलीबाट कटुवा पेस्तोल २ थान र सोही पेस्तोलको गोली १ राउण्डसहित उदयपुर बलैया नगरपालिका(५ घर भई हाल भक्तपुर लोकन्थली बस्ने ४० वर्षीय जंगे माझीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल र गोलीसहित फेला पारी पक्राउ गरेको हो । उनले प्रयोग गरेको बा। ४३ प ९००० नम्बरको स्कुटर प्रहरीले बरामद गरेको छ । साथै प्रहरीले जाँच गर्ने क्रममा हाल फरार भएका माझीसँगै रहेका हाल वतन नखुलेका ३० वर्षीय अश्विन दाहालको खोजी गरिरहेको छ ।
कैलाली, लम्कीचुहा नगरपालिका(१ भुरूवाबाट हर्नेट १ थान, म्यागजिन १ थान, गोली १५ राउण्ड र बारूद ५ ग्रामसहित घोडाघोडी नगरपालिका(७ बस्ने ३२ वर्षीय अर्जुन बिक समेत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियारसहित पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array