भारत व्यापारका विषयमा चिनियाँ राजदूत छन् सङले दिएको अभिव्यक्तिका सम्बन्धमा सोधपुछ गरेर सचेत गराउन परराष्ट्र मन्त्रालयलाई निर्देशन : संसदीय समितिले नेपाल

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ भाद्र २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौँ । संसदीय समितिले नेपाल–भारत व्यापारका विषयमा चिनियाँ राजदूत छन् सङले दिएको अभिव्यक्तिका सम्बन्धमा सोधपुछ गरेर सचेत गराउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।बिहीबार बसेको संसद् अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले परराष्ट्रमन्त्री एनपी साउदलाई बैठकमा बोलाएर राजदूतसँग सोधपुछ गरेर सचेत गराउन निर्देशन दिएको हो । बैठकमा समितिका अधिकांश सदस्यले चिनियाँ राजदूत छनको अभिव्यक्तिको विरोध गर्दै सचेत गराउनु पर्ने धारणा राखे भने समिति सभापति राज किशोर यादवले यस विषयमा परराष्ट्र मन्त्रालयले राजदूतसँग सोधपुछ गरेर सचेत गराउन निर्देशन दिए ।

नेपाल सार्वभौम मुलुक भएकोले के गर्ने र के नगर्ने भन्ने निर्णय नेपालको आन्तरिक भएको बताउँदै समिति सभापति यादवले चिनियाँ राजदूतले सार्वजनिक रूपमा दिएको अभिव्यक्ति के हो ? भन्ने बारे परराष्ट्र मन्त्रालयले सोधपुछ गरेर सचेत गराउनु निर्देशन दिएका हुन् । सो क्रममा परराष्ट्रमन्त्री साउदले आफू काठमाडौँ बाहिर रहेकाले यस विषयमा पर्याप्त जानकारी नभएको जवाफ दिएका थिए । राजदूत छेनले गत शनिवार फाउन्डेसन अफ ट्रान्स हिमालयन रिसर्च एन्ड स्टडिज नामक संस्थाले शनिवार काठमाडौँमा आयोजना गरेको ‘विश्व अर्थतन्त्रमा चीन र नेपालमा यसको प्रभाव’ शीर्षकमा आयोजित कार्यक्रममा मन्तव्य राख्ने क्रममा भारत र नेपालको व्यापार सम्बन्धमाथि नकारात्मक टिप्पणी गरेका थिए ।

prasasan

प्रतिक्रिया दिनुहोस्

Array