सबल अर्थतन्त्रको आधारशिला नाराका साथ कृषि तथा वन विज्ञान विश्वविद्यालयमा राष्टिय विज्ञान दिवसको अवसरमा अस्मित तथा गंगा पुरस्कृत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ आश्विन २०८०, सोमबार
2 Min Read
Aa

रामपुर, विज्ञान साक्षरता र उद्ययमशीलता, सबल अर्थतन्त्रको आधारशिला नाराका साथ कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आइतवार राष्टिय विज्ञान दिवसको अवसरमा आयोजित एक कार्यक्रममा स्नातक र स्नातकौत्तर तर्फ फरक फरक विधाको तर्फबाट दुइ विद्यार्थी पुरस्कृत भएका छन्। निचोड प्रतियोगिता २०२३ अन्तर्गत अनुसन्धान तथा प्रसार निर्देशानालयको आयोजनामा भएको आजको कार्यक्रममा ३०,००० राशिको पुरस्कार अस्मित न्यौपाने तथा ५०,००० राशिको पुरस्कार गंगा क्षेत्रि पुरस्कृत हुनुभएको हो । बोस्टन इन्टरनेशनल तथा अंकुरम एकाडमीको सहयोगमा नयन, पोखरा विश्वविद्यालय, जिपास्ट, कृषि तथा वन विज्ञान विश्वविद्यालय लगायतका संस्थाहरुको संयुक्त प्रयासमा गत वर्ष देखिन् सुरु भएको यस प्रतियोगितमा २०० भन्दा बढी विद्यार्थीहरुको सोधसारमा तीन मिनेटको भिडियो आह्वान भइ दुइ महिनाको विभिन्न चरणको परिक्षण पार भइ आज प्रस्तुत दुइ तहका ५–५ जनाको प्रस्तुति विच न्यौपाने र क्षेत्रि पुरस्कृत हुनुभएको हो । पुरस्कृत विद्यार्थीलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्रा सुर्यकान्त घिमिरेले पुरस्कार हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा गण्डकि प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक डा ढाकाराम भण्डारीले नेपालमा अध्ययन र अनुसन्धानमा जोड दिन सुरु भएको तर प्रशासनिक जटिलताले हामी धेरै पछी परेका हुँदा त्यसलाई सहज बनाउन प्राविधिकहरुले नै मेहनत गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोस्टन एकेडेमिका आनन्द बहादुर चन्दले कृषि तथा वन विज्ञान विश्वविद्यालय र बोस्टन एकेडमिले केही वर्ष देखिन् उद्यमशिलता विकासमा संयुक्त रुपमा उल्लेख्य काम गरिरहेको र त्यसमा अझ प्रभावकारी रुपमा अघि बढ्न केहि थप प्रयास भइरहेको जोड दिनुभयो ।
कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका अनुसन्धान तथा प्रसार निर्देशक डा ऋषिराम कट्टेलले विश्वविद्यालयले निकट भविष्यमा नै ग्राजुयट कन्फ्रेन्स गर्दै गरेको जानकारी दिँदै यस्ता अनुसन्धानहरुलाई उद्यमशिलतामा जोड्दै देश विकासको बाटोमा अघि बढ्न सम्पूर्ण विश्वविद्यालयहरु एक ठाउँमा आउनुपर्ने र कृषि तथा वन विज्ञान विश्वविद्यालय सबै विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरुलाई स्वागत गर्न तत्पर रहेको जानकारी दिनुभयो ।
कार्यक्रमको प्रमुख अतिथि कृषि तथा वन विज्ञान विश्वविद्यालयको वर्तमान रजिष्टर प्रा शारदा थपलिय रहनुभएको थियो । कार्यक्रममा, विश्वविद्यालयको परिक्षा नियन्त्रक प्रा डा सुनिला राई, कृषि संकायका डीन प्रा डा अर्जुनकुमार श्रेष्ठ, संयुक्त राज्य अमेरिकाबाट वातावरण विज्ञ प्रा डा

प्रतिक्रिया दिनुहोस्

Array