सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल एक दिवसीय स्वजागरण अभियान तथा ध्यान विज्ञान कार्याशाला कार्यक्रममा सरिक

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ आश्विन २०८०, शनिबार
2 Min Read
Aa

काठमाडौं, सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा असोज ६ गते आयोजित एक दिवसीय स्वजागरण अभियान तथा ध्यान विज्ञान कार्याशाला कार्यक्रममा सरिक हुनुभएको छ । नेपाल सरकार गृह मन्त्रालय र जीवन विज्ञानद्वारा संयुक्तरुपमा आयोजना गरिएको कार्यक्रममा सम्माननीय राष्ट्रपति पौडेलले सो कार्यक्रममको समुद्घाटन गर्नुहुँदै योग र ध्यानलाई तन, मन र वचनकासाथ गर्न सक्यौ भने हामीले गर्ने प्रत्येक कार्यहरुले आपूmलाई आफैमा अवश्य सन्तुष्ट दिने बताउनुभयो । उहाँले दैनिक जीवनका जुनसुकै कार्य तथा सुख र दुःखका  दिनहरुलाई समेत समान रुपले अगाडी बढ्न योग र ध्यानले अति नै महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुहुँदै शरीरलाई स्वस्थ्य र फुर्तिलो बनाई हामीले गर्ने दैनिक कार्यहरुमा समेत टेवा पुग्ने बिश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले योगाभ्यास, प्राणायाम र उर्जाध्यानको बारेमा प्रकाश पार्नुहुँदै हामीले गर्ने दैनिक कार्यहरुलाई समेत चुस्त, दुरुस्त र फलदायी बनाई राख्न यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।  उहाँले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा योगाभ्यास र ध्यानको पहिलो पटक सुरुवात गरिएको बताउनुहुँदै यसलाई विस्तार गर्दै क्रमश देशका सम्पूर्ण कर्मचारीहरुलाई उपयुक्त समय मिलाएर गराउँदै लैजाने बताउनुभयो । कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापती महारथी प्रभुराम शर्मा, गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृहमन्त्रालयका सहसचिव, उपत्यकास्थित तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array