छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ आश्विन २०८०, शुक्रबार
3 Min Read
Aa

काठमाडौं,  काठमाडौं महानगरपालिका-२८ भद्रकालीस्थित सडकमा प्र-३-०१-००१ ग ३७०५ नम्बरको ट्रक र बा.प्र-०२-०१८ प ९२७७ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बिहीबार बेलुकी दुर्घटना हुँदा स्कुटर चालक सोही महानगरपालिका-१३ ताहाचल बस्ने ३२ वर्षीया आकृति शर्माको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  तेह्रथुम, आठराई गाउँपालिका-४ इवामास्थित सडकमा मे.१ त ३०७६ नम्बरको ट्याक्टर सडकबाट करिब १० मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सुनसरी इनरूवा नगरपालिका-७ तित्रीवन बस्ने ४० वर्षीय नवाज सतारको मृत्यु भएको छ ।

 सुनसरी, गढी गाउँपालिका-५ थलाहास्थित सडकमा को.१ त ४८३५ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-६ बस्ने प्रमिला देवी मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ हस्पिटल टंकीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ लाङगालीस्थित सडकमा को.१ ख ४०६३ नम्बरको ट्रकले प्र.१-०२ ०४५ प ३७४ नम्बरको स्कुटरलाई शुक्रबार बिहान ठक्कर दिँदा स्कुटर चालक इटहरी उपमहानगरपालिका-९ बस्ने ४५ वर्षीय आश बहादुर राईको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  धनुषा, बटेश्वर गाउँपालका-३ दहालटोलस्थित सडकमा प्र.२-०२-००१ प ६३६६ नम्बर र ज.१० प २५७ नम्बरको मोटरसाइकललाई ज.१ त ९३५८ नम्बरको ट्याक्टरले बिहीबार राति ठक्कर दिँदा प्र.२-०२-००१ प ६३६६ नम्बरको मोटरसाइकलमा सवार सोही गाउँपालिका-५ बस्ने ४० वर्षीया रेखा देवी महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ज.१० प २५७ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै हाल फरार प्र.२-०२-००१ प ६३६६ नम्बरको मोटरसाइकल चालकको खोजी गरिरहेको छ ।

  यसैगरी धनुषा, औरही गाउँपालिका-१ पौडेश्वर पुलमा प्र.२-०२-००६ प ९१०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक विदेह नगरपालिका-८ बफै बस्ने २६ वर्षीय राम मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array