भारतबाट आउने गुणात्मक पर्यटक बढ्दै, यतिका दुई विमान चार्टर गरेर माउण्टेन फ्लाईट

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ आश्विन २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौं । भारतबाट आउने गुणात्मक पर्यटक बढ्दै, यतिका दुई विमान चार्टर गरेर माउण्टेन फ्लाईट, संख्याका हिसावले सर्बाधिक बढी नेपाल भित्रने पर्यटक भारतीय भएको विभिन्न तथ्याङ्कहरुले देखाईरहँदा बजेटमा आधारीत पर्यटकको संख्या उच्च भएकैले भारतीय पर्यटक नेपालमा न्यून प्राथमिकतामा पर्दै आएको सर्बविदित्तै छ । त्यसको विपरित असोज २० गते शनिबार ८० भन्दा बढी भारतीय पर्यटकले जाहाज नै चार्टर गरेर माउन्टेन फ्लाईटको आनन्द उठाए ।

यति एअरलाईन्सका दुई एटिआर ७२ विमान चार्टर्ड गरेर माउन्टेन फ्लाईट मार्फत नेपालका विभिन्न हिमश्रृखंलाको अबलोकन भ्रमण गरेका यि भारतीय पर्यटक एकप्स सिस्टम ईण्डियाका संस्थापक तथा पार्टनरहरु हुन् । काठमाडौंको ह्यात होटलमा तिन दिने कर्पोरेट कन्फ्रेन्समा सहभागि हुन विभिन्न भारत तथा युएईमा रहेको एकप्सको कार्यालयबाट आएका भारतीय नागरीकहरुले यो माउण्टेन फ्लाईटको अनुभव लिएका हुन् ।

विभिन्न किसिमका घटनाहरुबाट नेपालका हवाई क्षेत्र खस्कँदो अवस्थामा रहेको बेलामा हाईप्रोफाईल भारतीय पर्यटकको यो माउण्टेन फ्लाईटमा रहेको यो विशेष चासोले नेपालको उड्डयन तथा पर्यटन क्षेत्रमा ठूलो सकारात्मक सन्देश प्रवाह गरेको छ । यसले नेपालको हवाई क्षेत्र माथि विश्वासनियता बढेको छ भने छोटो समयमा पर्यटकिय गन्तब्यको सहज अनुभव हाँसिल गर्न सकिने माउण्टेन फ्लाईटका बारेमा समेत थप प्रबद्र्धन मिलेको छ ।

यो चार्टर अपरेसनको जिम्मा लिएको सस्तो टिकटस् डट कमका एकाउण्ट म्यानेजर मनिस महर्जनले कुनै एकै कम्पनीको अगुवाईमा एकै पटक माउण्टेन फ्लाईटका लागि दुई वटा विमान नै चार्टर भनेको नेपालको यो पहिलो अवसर भएको बताउँदै यसबाट नेपालको पर्यटकीय संभवना असिमित भएको प्रमाणित भएको पनि प्रष्ट पारे । यहाँ स्मरणीय छ सस्तो टिकटस् डट कम नेपालको सर्बाधिक ठूलो अनलाईन ट्राभल एजेन्सि पनि हो । नेपाली सिप र प्रविधिमा आधारीत यो अनलाईन ट्राभल एजेन्सि मार्फत सस्तो मूल्यमा जुनसुकै गन्तब्यका लागि टिकट काट्न सकिन्छ भने यसको पोर्टल बाट विभिन्न किसिमका ट्राभल प्याकेज पनि खरिद गर्न सकिन्छ ।

यो चार्टर उडानका लागि यति एअरलाईन्सले छोटो सूचनामा विमान उपलब्ध गराउन सकेकोमा एकप्सका तर्पबाट श्री बृजेस बर्माले यति एअरलाईन्स लाई हार्दिक धन्यबाद दिए । उनले भने, यो उडान मेरा र हाम्रा सबै यात्रुहरुकालागि जीवनकै अविष्मरणीय अनुभव थियो । हामी विश्वको सर्बोच्च शिखर सगरमाथाको यती नजिक थियौं कि त्यो अनुभव शब्दमा बर्णन गर्नै सकिंदैन ।

थप जानकारीका लागी ९८५१०२५२५६

प्रतिक्रिया दिनुहोस्

Array