एन आई सी एशिया क्यापिटलले विश्व लगानीकर्ता सप्ताह, २०२३ को अवसरमा जानकारी मुलक सामागी प्रसारण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ आश्विन २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं । एन आइ सी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै संस्थागत सामजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । सोही कार्यलाई निरन्तरता दिने क्रममा विश्व लगानीकर्ता सप्ताह, २०२३ को अवसरमा क्यापिटलले लगानीकर्ता तथा आम सर्वसाधारणहरुलाई साक्षर र सुसूचित गराउने मुख्य उद्देश्यका साथ विभिन्न जानकारीमुलक समाग्री अर्थात भिडियो सन्देश सार्वजनिक गरेको छ ।

उक्त जानकारी मुलक भिडियोमा वैदेशिक रोजागारीमा रहेका नेपालीहरुलाई छुट्याइएको शेयर खरिद आवेदन दिँदा ध्यान दिनुपर्ने कुराहरु, सर्वसाधारणमा निष्काशन गरेको शेयर बाँडफाँड प्रकृया, धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ तथा लगानी सम्बन्धी निर्णय लिदाँ विशेष ध्यान दिनुपर्ने कुराहरु लगायत सूचिकृत कम्पनीहरुमा लगानी सम्बन्धी निर्णय गर्दा स्कोरबोर्डको प्रयोगको सम्बन्धमा आवश्यक जानकारी समावेश गरी क्यापिटलका अधिकारीहरुले तयार पारी प्रसारण गरेको छ । उक्त भिडियोहरु क्यापिटलको वेभसाई धधध।लष्अबकष्बअबउष्तब।िअयm, ँबअभदययप एबनभ, थ्यगत्गदभ ऋजबललभ िमार्फत हेर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array