इजरायलमा भड्किएको दुई पक्षीय युद्धका क्रममा १० नेपालीको मृत्यु भएकोमा गहिरो दुःख व्यक्त : पूर्वराजा ज्ञानेन्द्र शाह

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ आश्विन २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले इजरायलमा भड्किएको दुई पक्षीय युद्धका क्रममा १० नेपालीको मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले अध्ययन र रोजगारीको सिलसिलामा इजरायलमा रहेका हजारौँ नेपालीहरू युद्धको चपेटाबाट संकटापन्न अवस्थामा रहेकोप्रति गम्भीर चिन्ता लागेको उल्लेख गरेका छन् । पूर्वराजा शाहले यो वियोग, वेदना र सङ्कटको अवस्थामा रहेको नेपालीहरूको उद्धार, उपचार र स्वदेश फिर्तीका लागि अविलम्ब पहल थाल्न सरकारसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array