प्रधानमन्त्री प्रचण्डका स्वकिय सचिव रमेश मल्लमाथि शक्तिको दुरूपयोग गरेको आरोप, न्याय र जीवन रक्षाको माग गर्दै खनाल मिडियामा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ कार्तिक २०८०, बुधबार
5 Min Read
Aa

काठमाडौं,  काठमाडौं नागर्जुन निवासी राजेन्द्र प्रसाद खनालले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालको स्वकिय सचिव रमेश मल्लले शक्तिको दुरुपयोग गरेर दुःख दिएको भन्दै न्यायको अपिल गरेका छन् ।
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै खनालले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालबाट यस घट्नाको बारेमा निश्पक्ष छानबिन भएर न्याय प्रदान हुन्छ भन्ने विश्वास रहेको बताए । उनले आफू र छोरामाथि ज्यादती गर्नेहरुमा रमेश मल्लको संरक्षणमा सरिता केसी, सुमन पुडासैनी, तारादेवी चौलागाँई, राजकुमार केसी, पशुपति बराल, दीपा बराल क्षेत्री, मुकुन्द लुईंटेल, पुरुषोत्तम खड्का, तुला मगरलगायतको नाम लिएका छन् ।
खनालले भने,‘राज्यले संरक्षण गरेको गिरोह, जुन गिरोहले पटक–पटक मान्छे फसाउँदै आएको । प्रहरीले उजुरी नलिईदिने, सम्बन्धित निकायले नसुनिदिने भएपछि म न्यायको लागि मिडियामा आएको हुँ । एउटा समूहको त्यो गिरोहलाई राज्यकै एउटा जिम्मेवार प्रधानमन्त्रीको स्वकिय सचिव रमेश मल्लबाट संरक्षण भएर जुन चिज, जुन पीडा, जुन अपराध भएको छ, त्यसको आज म खुलासा गर्न गैरहेको छु ।’
रमेश मल्लहरुले पार्टीको नाममा ब्रम्हलुट गरिरहेको खनालको आरोप छ । उनले भने,‘यो बीचमा काठमाडौंमा एउटा ठगी प्रकरण असाध्यै महँगो भयो । गोकर्ण विष्टको भतिज सुर्य विष्टलाई फसाईयो भनेर मैले पहल गरें । सूर्य विष्ट उहाँलाई चेक कटाएर, उहाँको सम्पत्ति रोका गर्दै, त्यो सम्पत्ति पनि प्राप्त भएपछि साथी भएको आधारले त्यो म भएको ठाउँमा आईपुग्यो । मेरो छोरा विशाल खनाल कानूनको विद्यार्थी हो । सरिता केसी, सुमन पुडासैनी, तुलाबहादुर मगर, अर्जुन अधिकारी, मुकुन्द लुईँटेलको गिरोहले देख्दा साथीभाई र आफन्तको रुपमा देखिने, यो गिरोहले प्रधानमन्त्री कार्यालयमा गएर मेराविरुद्ध जो अमरदिप सोसल अगाईनेजनशन–जसको म अध्यक्ष हुँ । त्यो संस्थाको संरक्षकत्व प्रधानमन्त्री नै हुनुहुन्छ । उहाँको अभिभावकत्व कायम छ । उहाँकै स्वकिय सचिव रमेश मल्लले प्रहरी आईजीलाई लगाएर मलाई र मेरो छोरा विशाल खनाललाई उठाईयो । प्रहरीले बानेश्वरबाट आकस्मिक रुपमा हामीलाई समात्यो र एयरपोर्ट लग्यो ।’
बानेश्वरबाट आफूहरु बाउ–छोरालाई समातिएपछि किन समातियो ? के गल्ती भयो ? भनेर प्रहरीलाई सोध्दा कुनै जवाफ नदिई सिधै झापा पुर्याईएको खनालले स्मरण गराए । उनले भने,‘मैले प्रहरीलाई हामीलाई किन समातियो भनेर पटक पटक सोधें । प्लेनमा राखेर झापा पुर्याईयो । त्यहाँ पुगेपछि थाहा भयो, पशुपति बराल जो मेरो कम्पनीको शेयर होल्डर हुनुहुन्छ । उहाँको जाहेरीमा मलाई झापा पुरयाईएको रहेछ । क्रसर हाम्रा नाममा पास गरिदे भनेर पटक पटक प्रेसर भयो । राम बुढाथोकी जो अहिले मेरो शेयर होल्डर हुनुहुन्छ, उहाँ पथरी इहटरीको हुनुहुन्छ । उहाहँरुबाट हामी सबैले साढे तीन करोड पैसा, कम्पनी, कम्पनीभित्र भएका गाडीहरु, जति थियो, हामीले सामूहिक रुपमा साथीहरुसँग् मिलेर चलाईरहेका थियौं । रमेश मल्लज्यूले प्रहरी आईजीलाई भनेर रातोपाटीजस्तो सम्मानित अनलाईन पत्रिका, कान्तिपुर दैनिकमा विभिन्न समाचार निकालियो । बिना दोषी, बिना कमजोरी मलाई जेल हालियो । समाचारमा ‘प्रम प्रचण्डलाई कसरी ठगे खनालले ?’, ‘न्यायाधीशमार्फत मुद्दा मिलाईदिने भनेर ३२ लाख झ्वाम’ जस्ता शीर्षकमा समाचार निकालियो । ’
आफ्नै कम्पनीका साथीहरुसँग मिलेर रमेश मल्लले आफूहरुलाई पक्राउ गरेको उनको दाबी छ । उनले भने,‘म जस्तो जिम्मेवार व्यक्ति, पार्टीको प्रदेश कमिटी सदस्य बहाल रहँदै गर्दा हाल म बाग्मती प्रदेश कमिटी सदस्य छु, हामीमाथि जघन्य अपराध गर्नुभयो । सुमन पुडासैनी ठगी केसबाट जेलबाट आएको रहेछ । सरिता केसीको श्रीमान शशि खड्का अहिल जेलमा ठगी केस र जक केसमा छन्, अर्जुन अधिकारी पनि ठगी केसबाटै आउनुभएको रहेछ । मुकुन्द लुईटेल हुनुहुँदो रहेछ । पशुपति र दीपा वराल जो मेरो शेयर होल्डर, प्रचण्डको नाम लिएर मैले ठगें भनेर कुरा आए, मैले सम्बन्धित निकायलाई न्याय दिलाउन अपिल गरेको छु । ८ लाख धेरौटी तिरेर म जेलमुक्त भएँ । २ महिना जेल बसेर आएको हुँ ।’
उनले आफूहरुजस्तो राज्यको जिम्मेवार व्यक्ति र सचेत नागरिकलाई रमेश मल्लले देशको शक्ति आफ्नो हातमा लिएर शक्तिको प्रभावमा यसरी पत्रिकामा निकाल्न कत्तिको शोभनीय हुन्छ ? भन्दै प्रश्न गरे ।
पार्टीमा रहेर पार्टीको नाममा रमेश मल्लजस्ताले सत्ता र शक्तिको दुरुपयोग गरेको खनालको आरोप छ । उनले भने,‘ राज्यको तर्फबाट यसबारेमा तटस्थ छानबिन हुनुपर्छ । प्रधानमन्त्रीज्यूलाई पनि निश्पक्ष छानबिन गर्न आग्रह गरेको छु । प्रधानमन्त्रीको नाम बेचेर दलाली गर्नुभएको छ, त्यसबारे निश्पक्ष होस । जीवन रक्षाको मागसमेत गर्दछु । माफियाहरुले गर्दा आज पार्टीको बद्नाम भएको छ । न्यायगत रुपमा जान सकेन भने हामी न्यायको लागि मानवअधिकारमा पनि राख्नेछु । अन्तर्राष्ट्रियकरण गर्नुपरे पनि गर्न चाहन्छौं । अहिले पार्टीभित्र भएका अन्यायपूर्ण गतिविधि संकलन गर्दैछौं ।’
सो क्रममा अभियन्ता लहानुराम चौधरीले १५ वर्षपछि रमेश मल्लले खनालमाथि पूनः हात हालेको टिप्पणी गरे । उनले माओवादी पार्टीमा लगानी गरेका र दुःख गरेकाहरु ओझेलमा रहेको तर रमेश मल्लजस्ता व्यक्तिहरु हाबी हुनु नै दुर्भाग्य भएको बताए ।
उनले माओवादीमा पैसा उठाउने गिरोहरु सक्रिय रहेको आरोप लगाए । ती गिरोहका सदस्यहरुलाई फाईदा हुने कुरा देखे विगत कालमा वाइसिएल प्रयोग गर्ने गरेकोमा अहिले प्रहरी प्रयोग गर्ने गरेको पनि उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

Array