इजरायलमा आक्रमणमा परी मृत्यु भएका तीन जना नेपालीको शव काठमाडौं आइपुयो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ कार्तिक २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं । इजरायलमा आक्रमणमा परी मृत्यु भएका तीन जना नेपालीको शव काठमाडौं आइपुगेको छ । मृतक १० मध्ये तीन जनाको शव आज काठमाडौं ल्याइएको हो । बाँकी १ जनाको शव केहीबेरमा आउने बताइएको छ ।

इजरायल सरकारले पहिचान खुलेका चार जनाको शव कानूनी प्रक्रिया पूरा गरी नेपाली दूतावासमा बुझाएसँगै आइतवार बिहान शव काठमाडौं आइपुगेको हो । नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी र दीपेशराज बिष्टको शव नेपाल आइपुगेको छ । आशिष चौधरीको शव आजै काठमाडौँ आइपुग्ने बताइएको छ । न्यौपानेको शव राति नै नेपाल आइपुगेको थियो । आइतवार बिहान  धामी र बिष्टको शव विमानस्थल आइपुगेको हो ।

नेपाल शव आइपुगेसँगै परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, नेपालका लागि इजरायली राजदुत हाना गोडरलगायत अधिकारीहरू पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । चौधरीको शव नेपाल आइपुगेसँगै चार वटै शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी लगिने बताइएको छ । धनगढीमा स्थानीय प्रशासनले पीडितको घरसम्म शव पुगाउने व्यवस्था गर्नेछ । अन्य ६ जनाको शव पनि आवश्यक व्यवस्था मिलाइ नेपाल पठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array