वडाअध्यक्ष नृपेश वादे रु १५ लाख घुस सहित नियन्त्रणमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ माघ २०८०, बिहीबार
1 Min Read
Aa

बनेपा , काभ्रेको बनेपा नगरपालिका वडा नं ९ का वडाध्यक्ष नृपेश वादे रु १५ लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधवार राती नियन्त्रणमा लिएको छ । अध्यक्ष वादेले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिने क्रममा आयोगको टोलीले नियन्त्रणमा लिइएको जनाएको छ । अध्यक्ष वादेबाट आयोगको टोलीले जापनिज रकम १० हजार र अमेरिकी डलर एक सय रुपैयाँ सहित कार समेत नियन्त्रण गरेको छ ।  घुस लिने क्रममा भक्तपुर, मध्यपुर थिमि नपा ३ गठ्ठाघरबाट बुधवार राती नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array