नेका काठमाण्डौं ६ (ख) ले प्रदेश सभा निर्वाचन क्षेत्र प्रोफाइल बनाउने, प्रदेशको प्रवक्तामा अधिकारी मनोनित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ माघ २०८०, बुधबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं ६ प्रदेश ख ले विधान बमोजिम देशै भरमा पहिलो पटक प्रदेश सभा निर्वाचन क्षेत्र प्रोफाइल प्रकाशन गर्ने भएको छ ।
नेपाली कांग्रेसको नियमावली २०७८ को नियम १४ को उपनियम २ मा आफु मातहतका गाउँ वा नगर कार्यसमितिलाई प्रोफाइल तयार गर्न लगाई प्रदेश सभा निर्वाचन क्षेत्र प्रोफाइल तयार गर्ने र बार्षिक रुपले अद्यावधिक गर्ने गराउने उल्लेख गरिएको छ । विधानमा उक्त व्यवस्था भएपनि हाल सम्म काँग्रेसको देशै भरको कुनै पनि प्रदेश सभा कार्यसमितिले प्रदेश प्रोफाइल भने तयार गरेका छैनन् ।
काँग्रेसको देशैभरका संरचनाले हाल सम्म कार्यान्वयन नगरेको यस बिषयलाई नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रिय कार्यसमिति काठमाडौ ६ (ख) ले पहिलो पटक प्रदेश सभा निर्वाचन क्षेत्र प्रोफाइल प्रकाशन लागेको प्रदेश सभापति बिष्णुभक्त तिमिसीनाले बताउनुभयो ।
प्रदेश ख का सभापति बिष्णु भक्त तिमिल्सीनाका अनुसार प्रदेश प्रोफाइलमा प्रदेश कार्यसमितिको सिमा भित्र रहेका काँग्रेसका नगर, वडा र टोल कार्यसमितिहरु, सरकारी निकायहरु, बिभिन्न राजनैतिक दलहरु, धार्मिक संघ संस्था, निजी संस्थाहरु, सामाजिक संस्था, लगायतको बिबरण सहितको प्रोफायल डायरी प्रकाशन गरिने छ ।
प्रोफायलमा विधान बमोजिम प्रदेश मातहतका नगर तथा वडाहरुले गर्ने बार्षिक कार्यक्रमहरु, तथा बार्षिक क्यालेन्डर सहित उक्त बिबरण रहेको डायरीको हार्ड कपिमा प्रकाशन गर्ने र नयाँ बर्षमा लोर्कापण गर्ने कार्यक्रम रहेको प्रदेश सभापति तिमिल्सीनाले बताउनुभयो ।
प्रदेश सभा ख को हिजो बसेको बैठकले प्रोफाइल तयारीका लागि प्रदेश सचिब झंकनाथ घिमिरेको संयोजकत्वमा सचिब सिता घिमीरे र सह सचिब हिरा महर्जन सदस्य रहने गरि समिति गठन गरेको छ ।
बैठकले नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं ६ प्रदेश ख को सदस्य तथा प्रवक्तामा उज्जवल अधिकारीलाई मनोनीत समेत गरेको छ । तारकेश्वर नगरपालिका वडा नं ९ का वडा सदस्य एवं तारकेश्वर नगरपालिकाको न्यायीक समितिका सदस्य समेत रहनुभएका अधिकारीलाई नेपाली कांग्रेसको बिधान २०१७ (संशोधन सहित)धारा १० को उपधारा ४ ख तथा नेपाली कांग्रेस नियवाली २०६८ को नियम ६३ अनुसार नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्य समिति काठमाडौ ६ (ख )को सदस्य तथा प्रबक्तामा मनोनयन गरिएको नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं ६ प्रदेश ख का सभापति बिष्णुभक्त तिमिल्सीनाले जानकारी दिनुभयो । कार्यसमिति सदस्य डा रबिन्द्र न्यौपानेले केहि समय अघी राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । त्यस्तै अधिकारीलाई प्रदेश कार्यसमितिले केहि समय अघि क्षेत्रीय प्रतिनिधिमा समेत मनोनयन गरेको तिमिल्सीनाले बताउनुभयो ।
बैठकले जनतासंग काँग्रेस र समुदायमा काँग्रेस अभियानलाई प्रदेश मातहतका वडाहरुमा यहि माघ २६ गते भित्र कार्यक्रम सम्पन्न गर्नका लागि निर्देशन समेत दिने निर्णय गरेको छ । प्रदेश कार्यसमितिको बैठकले केहि समय अघि सम्पन्न गरेको अन्तर जिल्ला भ्रमण कार्यक्रमको समिक्षा समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array