रसुवामा आएको बाढी धादिङको आदमघाट क्षेत्रसम्म आइपुगेको छ। बाढी त्रिशूली नदी हुँदै आदमघाट क्रस गरेको प्रारम्भिक जानकारी प्राप्त सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता एवम् सशस्त्र प्रहरी उपरीक्षक (डीएसपी)शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
बाढीका कारण त्रिशूली नदी आसपासका तटीय क्षेत्रमा जोखिम बढेको छ। नदीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। बाढीबाट भएको क्षति तथा अन्य विवरण आउन बाँकी रहेको छ


प्रतिक्रिया दिनुहोस्