नेपाली काँग्रेसका नेता डा. कोइरालाद्धारा जिपी कोइराला श्रम प्रतिष्ठानका नवनिर्वाचीत कार्यसमितिलाई बधाई र सुभकामना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ फाल्गुन २०८०, मंगलवार
2 Min Read
Aa

रबिन थपलिया । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले गिरिजाप्रसाद कोइराला श्रम प्रतिष्ठानका नवनिर्वाचीत कार्यसमितिलाई बधाई तथा सुभकामना व्यक्त गर्नुभएको छ ।
डा कोइरालाले प्रतिष्ठानका नवनिर्वाचीत कार्यसमितिलाई आज विहान बालुवाटार स्थीत कार्यालयमा स्वागत गदै कार्यकालको सफलताको कामना गर्नुभयो ।
नवनिर्वाचीत कार्यसमितिलाई बधाई दिंदै नेता डा. कोइरालाले श्रम क्षेत्रको सुधार र सुमधुर औद्योगिक सम्बन्ध बिना देशको विकास अधुरै रहने यथार्थलाई हृदयंगम गरी सोहि अनुसारको काम गरेर अगाडी बढन आग्रह गर्नुभयो ।
स्थापनाकालयता श्रम प्रतिष्ठानबाट भए गरेकाका काम निकै प्रशंसनीय रहेको बताँउदै नेता डा कोइरालाले आगामी दिनमा संस्थालाई चलायमान गराउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको प्रतिष्ठानका सचिब राजु रानाभाटले बताउनुभयो ।
काँग्रेस नेता डा कोइरालासंग भेटका क्रममा प्रतिष्ठानका अध्यक्ष सुधा दाहाल, उपाध्यक्ष मातृका शिवाकोटी, महासचिब गणेश भट्टराई, सचिब राजु रानाभाट, कोषाध्यक्ष राजेन्द्र दाहाल, सदस्य बलदेव तामाङ लगायतको उपस्थीति रहेको थियो ।
नेपाली मजदुर आन्दोलनका संस्थापक एवं नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष स्व गिरिजाप्रसाद कोइरालाको नामबाट २०६५ सालमा  प्रतिष्ठानको स्थापना गरिएको थियो ।
फाउण्डेसनको शनिबार सम्पन्न अधिवेशनले अध्यक्षमा सुधा दाहाल, उपाध्यक्षमा मातृका शिवाकोटी, महासचिबमा गणेश भट्टराई, सचिबमा राजु रानाभाट, कोषाध्यक्षमा राजेन्द्र दाहाल, सदस्यहरुमा धर्मराज भण्डारी, संजय दाहाल, परमेश्वर श्रेष्ठ, बलदेव तामाङ, शुसिला घिमिरे, मिरा निरौला, सुदिप बुढाथोकी, रजनी अधिकारी र उद्धब गौतम चयन गरेको थियो ।

प्रतिष्ठानका नवनिर्वाचीत कार्यसमितिका पदाधीकारीहरु लामो समय देखि ट्रेड युनियनको उच्च पदमा रहेर कुसलता पुर्वक जिम्मेवारी निर्वाह गरिसक्नुभएको अनुभबी व्यक्तिहरु रहनुभएको छ ।

May be an image of 3 people and the Oval Office

May be an image of 4 people

dfdf

प्रतिक्रिया दिनुहोस्

Array