राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले पदभार ग्रहण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ फाल्गुन २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौँ । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले पदभार ग्रहण गर्नुभएको छ । संघीय संसद् सचिवालयमा पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष दाहालले राष्ट्रिय सभाले निर्वाह गर्ने भूमिकालाई प्रभावकारी बनाउने बताउनुभयो ।अध्यक्ष दाहालले राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने कुराहरूलाई गम्भीरतापूर्वक लिएर अघि बढ्ने, सभाले गर्नुपर्ने सबै दायित्व र भूमिकालाई पूरा गराउनका निम्ति सांसद, सचिवालय र कर्मचारीबीच एकता, समझदारी र विश्वासको वातावरण बनाएर अगाडी बढ्ने बताउनुभयो । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष दाहालले सबै दलमा आबद्ध सांसदहरूलाई साथमा लिएर राष्ट्रिय मुद्दामा अगाडी बढ्ने, संस्थाको गरिमा बढाउने, बाँकी कानुन निर्माण गर्ने र सभाका काम कारबाहीलाई व्यवहारिक बनाएर अगाडी बढ्ने समेत बताउनुभयो ।

onlinereadio

प्रतिक्रिया दिनुहोस्

Array