सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ चैत्र २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं,  सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् ।प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीले उनलाई धापासीबाट भर्खरै पक्राउ गरेको बुझिएको छ ।सहकारी ठगी र सुन तस्करी प्रकरणमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनी फरार थिए । सुन तस्करी छानबिन आयोगले प्रतिवेदन सरकारलाई बुझाएलगतै पुन पक्राउ परेका हुन् ।

पुनले चीनबाट सुन तस्करी गरेको प्रमाण सार्वजनिक भएको थियो । सो प्रकरणमा पूर्व उपराष्ट्रपति पुनका अर्का छोरा पनि मुछिएका हुन् । अर्काे छोरा जितेन्द्रले सुन कारोबारका लागि सम्झौता नै गरेको भिडिओ सार्वजनिक भएको थियो ।

दिपेशले तस्करीका नाइकेलाई पारिवारिक सदस्य रुपमा उपराष्ट्रपतिको पहुँचमा पुर्या‍एका थिए । सुन काण्डका मुख्य आरोपी चिनियाँ मूलका दावा छिरिङ जेल पुग्दा पुनका छोराहरु भने राजनीतिक संरक्षणकै कारण जोगिँदै आएका थिए । अहिले भने उनीहरु पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array