रबिन थपलिया । तारकेश्वर नगरपालिकाले खेलकुद जगतमा इतिहाँस रचेको छ । काठमाण्डौं जिल्लाका स्थानीय निकायहरु बिच भएको १३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितको उपाधी तारकेश्वर नगरपालिकाले हात पारेको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दोश्रो पटक सहभागीता जनाएको तारकेश्वर नगरपालिको यस पटक प्रतियोगिताकै उपाधी चुम्न सफल भएको छ ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा काठमाण्डौं महानगरपालिका सहित काठमाण्डौंका ११ स्थानीय निकायलाई पछी पादै तारकेश्वर नगरपालिकाले उपाधी जितेको हो ।
तारकेश्वर नगरपालिका ३२ स्वर्ण, १६ रजत र ११ कास्य पदक सहित काठमाण्डौं जिल्लाकै पहिलो बनेको छ । त्यस्तै काठमाण्डौं महानगरपालिका १८ स्वर्ण २६ रजत र १७ कास्य पदक सहित दोश्रो स्थान हाँसील गरेको छ भने चन्द्रागिरी नगरपालिकाले ७ स्वर्ण ८ रजत र ८ कास्य पदक सहित तेश्रो स्थान हाँसील गरेको छ ।
त्यस्तै गोकणेश्वर नगरपालिका ४ स्वर्ण ५ रजत र १२ कास्य सहित चौथो, कागेश्वर मनहरा नगरपालिका ३ स्वर्ण ३ रजत र १३ कास्य सहित पाँचौ बनेको छ । त्यस्तै किर्तिपुर नगरपालिका २ स्वर्ण १ रजत र २ कास्य सहित छैठौं नगरपालिका बनेको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी ५ वटा नगरपालिकाले एउटा पनि स्वर्ण पदक प्राप्त गर्न सकेनन् । बुढानीलकण्ठ नगरपालिकाले ४ रजत र ५ कास्य, टोखा नगरपालिकाले २ रजत र ७ कास्य पदक मात्र प्राप्त गरे भने शंखरापुर नगरपालिकाले ३ कास्य, दक्षिणकाली र नागार्जुन नगरपालिकाले दुई दुई कास्य पदकमा चित्त बुझाउनु पर्यो ।
दशरथ रंगशालामा भएको समापन कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले खेलकुद क्षेत्रमा तारकेश्वर नगरपालिकाको एतिहाँसीक जित रहेको बताँउदै खेलकुदमा सहभागी हुने खेलाडी, विद्यालय, नगर शिक्षा शाखा लगायतलाई बधाई र सुभकामना व्यक्त गर्नुभयो ।
सो अवसरमा सगरमाथा पोष्टसंग प्रतिकृया दिंदै तारकेश्वर नगरपालिकाका शिक्षा शाखा प्रमुख पदम बहादुर खत्रीले तारकेश्वर नगरपालिकाले खेलकुद क्षेत्रमा गरेको लगानी उपलब्धीमुलक बन्दै गरेको बताँउदै बिजेता खेलाडी सहित सबैलाई बधाई र सुभकामना व्यक्त गर्नुभयो ।
खेलकुद समापन कार्यक्रममा खेलाडीहरुलाई बधाई र सान्त्वना दिन तारकेश्वर नगरपालिकाका प्रमुख महर्जन बाहेक काठमाण्डौंका कुनै पनि स्थानीय निकायका नगरप्रमुखहरु भने उपस्थीत थिएनन् ।
उपाधी जिते पछि रंगशालामा तारकेश्वरका संस्थागत र सामुदायिक विद्यालयका प्रधानाध्यापक, खेलाडी बिच नगरपालिकासंग खुसी साँटासाँट गरिएको थियो । सो अवसरमा तारकेश्वर नगरपालिकाका शिक्षा शाखा प्रमुख पदम बहादुर खत्री, तारकेश्वर नगरपालिकाको शिक्षा समिति सदस्य एवं तारकेश्वर नगरप्याव्सनका अध्यक्ष धनबहादुर पुन, तारकेश्वर नगरपालिकाको शिक्षा समिति सदस्य एवं हिम रश्मी स्कुलका प्रधानाध्यापक लोकेन्द्र बहादुर खडका, शिक्षा समिति सदस्य एवं मनमैजु मा.विकी प्रधानाध्यापक रबिना महर्जन, लालिगुराँस नेश्नल स्कुलका प्रधानाध्यापक गोपाल बुढाथोकी, मानसिंह धर्म मा.विका प्र.अ केदार प्रसाद गजुरेल लगायतको उपस्थीति रहेको थियो ।
गत बर्ष पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितमा सहभागीता जनाएको तारकेश्वर नगरपालिका काठमाण्डौं जिल्लाको दोश्रो बनेको थियो । तारकेश्वर नगरपालिकामा नगरप्रमुख कृष्ण हरि महर्जन बिजयी भएर आएसंगै खेलकुद क्षेत्रको बिकासमा नगरपालिकाले लगानी बढाँउदै आएको छ । उमाकुम्फुको पुर्व खेलाडी समेत रहनु भएका नगरप्रमुख महर्जनको सक्रियतामा तारकेश्वरमा गतबर्ष देखि मेयर कप रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुंदै आइरहेको छ । नगरपालिकाले यस बर्ष खेलकुद क्षेत्रको लागि १ करोड भन्दा बढी बजेट बिनियोजन गरेको छ ।
dsf
प्रतिक्रिया दिनुहोस्