काठमाडौं , काठमाडौं उपत्यका भित्र गैरकानुनी तवरले नेपाल राष्ट्र बैकबाट जारी भएको निर्देशन विपरीत हुण्डी मार्फत बित्तिय कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा मिति २०८०।१२।०१ गते जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ७ चावहिलमा कुमार कामी, अस्कर जोशी, दिपेश भन्ने डोन शाही र कल्पना मगरलाई फेला पारी निजहरूको शरीर खानतलासी गर्दा अस्कर जोशीले बोकेको झोला भित्र नेपाली रू.२०,००,०००।– (बिस लाख) र कुमार कामीले बोकेको झोला भित्र नेपाली रू.२०,००,०००।– (बिस लाख) गरी जम्मा रू.४०,००,०००।–(चालिस लाख) नेपाल राष्ट्र बैकबाट जारी भएको निर्देशन विपरीत हुण्डी मार्फत बित्तिय कारोबार गर्ने उद्देश्यले बोकी हिडेकोले उक्त नगद बरामद गर्नुका साथै उल्लेखित व्यक्तिहरूलाई नियन्त्रणमा लिई नेपाल राष्ट्र बैक अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौं पठाइएको ।
प्रतिक्रिया दिनुहोस्