रबिन थपलिया । काठमाण्डौं । जनतालाई चुस्त, दुरुस्त, पारदर्शी र छिटो छरितो सेवा दिने उदेश्य सहित तारकेश्वर नगरपालिकाका सेवाहरु अब डिजिटल प्रविधिमा रुपान्तरण हुने भएका छन् ।
तारकेश्वर नगरपालिकाले स्मार्ट पालिकासंगको सहकार्यमा डिजिटल शुसासन प्रणाली सहितको मोवाइल एप्स निर्माण गरेको छ । एप्स मार्फत जनताले अव तोकिएका सेवाहरु नगरपालिका तथा वडा कार्यालयहरुमा नपुगी मोवाइलको सहायताले घरबाटनै पाउने छन् । नगर तथा वडा कार्यालय मार्फत हुने बिभिन्न सिफारीसहरु, घरबाटो सिफारीस, राजश्व दाखिला, गुनासोहरु सहितका थुप्रै सेवाहरु अब कार्यालयमा नपुगी तारकेश्वर नगरवासीहरुले घरबाटनै पाउने छन् । नागरिकता सिफारीस लगायतका केहि गम्भीर प्रकारका सिफारीसका लागि भने वडा कार्यालयमानै पुग्नुपर्ने छ । एप्स मार्फत नगरपालिका तथा वडा कार्यालयबाट भइरहेका काम कारबाहीहरुलाई जनताले प्रत्यक्ष रुपमा देख्न समेत पाउने छन् । त्यस्तै एप्स मार्फत नगरपालिकाका सेवाहरु र कामकारबाही प्रति चित्त नबुझेमा नागरिकहरुले सिधै नगरप्रमुखसंग गुनासो राख्न समेत पाउने छन् ।
गुगल एप्समा गएर तारकेश्वर नगरपालिका टाइप गरि नगरपालिकाको मोवाइल एप्स डाउनलोड गर्न सकिने छ । एप्स डाउनलोड भएपछि सेवा लिनका लागि नागरिकहरुले तोकिएको निर्देशनहरु पालना गरेर दर्ता हुनुपर्दछ । आधिकारीक रुपमा दर्ता भएपछि एप्स मार्फत नगरपालिकाका बिभिन्न सेवा र सुविधाहरु लिन सकिने छ ।
यसै बिच तारकेश्वर नगरपालिका र मातहतका वडा कार्यालयहरुबाट दिईने दैनिक सेवा प्रवाहलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाईने लक्ष्य तथा स्मार्ट पालिकाको अवधारणा अन्तर्गत ःयदष्भि ब्उउक, म्ष्नष्तब िकष्नलबतगचभ, क्ष्ऋत् एयष्अिथ एबिल सम्बन्धी अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । नगरपालिकाको सभाहल धर्मस्थलीमा आयोजना गरिएको कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरे, वडा अध्यक्षहरु बिदुर सापकोटा, नगरप्रवक्ता तथा वडा अध्यक्ष राधाकृष्ण खडगी, शम्भु फुंयाल, परशुराम अर्याल, नरेन्द्र दास श्रेष्ठ, श्यामकृण सापकोटा, कुमार राई र कविराज बस्नेत सहित कार्यपालिका सदस्यहरु, नगरपालिकाका राजश्व शाखा प्रमुख सागर अर्याल, सहकारी शाखा प्रमुख तिर्थराज थापामगर, स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाह, कृषि शाखा प्रमुख मिना कुमारी थापा, प्रशासन शाखा प्रमुख रचना शर्मा तथा शाखाका नासु राजुप्रसाद तिमिल्सीना,सहित नगरपालिकाका बिभिन्न शाखाका प्रमुखहरु, वडा सचिबहरु र कर्मचारीहरुको उपस्थीति रहेको थियो ।
अभिमुखिकरण कार्यक्रमका क्रममा नगर प्रमुख कृष्ण हरि महर्जनले मोवाइल एप्सको सुरुवातले सेवा प्रवाहलाई छिटो, छरितो र जनमुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
डिजिटल प्रविधिको सुरुवातसंगै जनप्रतिनिधिहरु काम विशेषले बिदामा बस्नु परेपनि नगरपालिका तथा वडाहरुमा भइरहने कामहरु अब निरन्तर चल्ने बताँउदै नगरप्रमुख महर्जनले घरबाटनै सेवा लिन सकिने भएकाले नागरिकले कार्यालय सम्म धाइराख्नुपर्ने झण्झटबाट मुक्त र समयको समेत बचत हुने बताउनुभयो ।
डिजिटल प्रविधिको सुरुवात तारकेश्वर नगरवासीको निम्ती सुवर्ण अवसर पनि हो । नगरप्रमुख महर्जनले भन्नुभयो “स्मार्ट पालिका विधुतिय सुशासन प्रणाली अन्तर्गत काम हुने भएकाले नगरपालिकाका कामहरुमा पारदर्शीता पनि हुन्छ झण्झट पनि हुन्न । यसले नगरपालिकाको काम कारबाहीलाई थप स्मार्ट समेत बनाउने छ । स्मार्ट हुने क्रममा समयको बचत र नागरिकमा सकारात्मक सोच जाने छ ।”
स्मार्ट पालिकाका सञ्चालक रामानन्द माण्डव्यले आफुहरुले २ बर्ष अघिनै तारकेश्वर नगरपालिकालाई डिजिटल प्रविधिमा रुपान्तरणका लागि प्रस्ताव गरेपनि सुनुवाई नभएको बताँउदै नगरप्रमुखको रुपमा कृष्ण हरि महर्जन आएपछि उहाँकै निर्देशनमा मोवाइल एप्स निर्माण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “हामीले पहिलाका जनप्रतिनिधि ज्यूहरुलाई पनि गरौं भनेर प्रस्ताव राखेका हौं तर उहाँहरुले मान्नु भएन, कृष्ण हरि महर्जन ज्यूको पालामा सुरुवात हुन लेखेको रहेछ, ढिलै सुरुवात भएपनी जनताले यो एप्स मार्फत धेरै सुविधा पाउने छन्”
df
प्रतिक्रिया दिनुहोस्