गौरिटारमा पौडी पोखरी र क्रिकेट मैदान निर्माण सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ बैशाख २०८१, आईतवार
2 Min Read
Aa

 बागमती, गौरिटार रंगशालामा धमाधम खेल पूर्वाधार निर्माण हुन थालेका छन् । लामो समय देखि अलपत्र जस्तै बनेको गौरिटार प्रदेश सरकारले आफ्नो गौरवको योजनामा राखे पछि पूर्वाधारहरु निर्माण हुन थालेका हुन ।  बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जमरकट्टेलले गौरिटारमा अन्तराष्ट्रिय स्तरको पौडी पोखरी र क्रिकेट मैदानको शिलान्यास गर्नुभएको छ । २०८२ असार मसान्त भित्र सम्पन्न गर्ने गरि दुवै संरचनाको निमार्ण सुरु भएको प्रदेश खेलकुदका सदस्या सचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभएको छ ।
८ करोड ६३ लाखको लागतमा निर्माण हुने पोखरीमा भिआईपी प्याफीट सहित २५÷५० मिटर र २५÷१० मिटरको पौखरी निर्माण हुने शिलान्यासका अवसरमा जानकारी दिईएको छ ।
यस्तै ड्रेन सहितको क्रिकेट मैदान पनि निर्माण सुरु भएको छ । ११ करोड ७४ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानमा स्केरवोर्ड, ५ वटा पीच सहित ६ सय क्षमताको प्याफीट निर्माण हुने बताईएको छ ।
निर्माणको शिलान्यास गर्दै प्रदेशका मुख्य मन्त्री शालिकराम जमरकटेलले निर्धारित समयमै कार्य सम्पन्न गर्न सम्वन्धित पक्षलाई निर्देशन दिनुभएको छ । उहाँले गौरिटारलाईलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताउनुभयो । देशकै उत्कृष्ट खेल पूर्वाधार गौरिटारमा बनाउने उदेश्यका साथ काम थालेको पनि कटेलले बताउनुभयो ।
प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले निर्माण कार्यलाई समयमै सम्पन्न गर्न अवश्यक सहयोगका लागि स्थानियहरु संग अनुरोध गर्नुभयो ।
केन्द्रिय खेलकुद प्रतिष्ठानका रुपमा विकास गर्ने भन्दै २०६६ सालमा तत्तकालिन प्रधानमन्त्री माधम कुमार नेपालले शिलान्यास गर्नु भएको गौरिटारमा निर्माणको गति निकै सुस्त थियो । २२ विगाह १८ कठ्ठा १९ धुर क्षेत्रफलमा फैलिएको रंशलालामा हाल प्रदेश सरकारले ट्रयाक सहितको फुटबल मैदान र प्याराफीटको काम अन्तिम चरणमा पु¥याएको प्रदेश खेलकुद सदस्य सचिव भण्डारीले जानकारी दिनुभएको छ । उहाँका अनुसार रंगशाला भित्र २१ वटा संरचना बन्ने छन् ।
राष्ट्रिय खेलकुद परिषदले दुईवटा कभर्डहल र खेलाडी छात्राबास निर्माण गरेको थियो । त्यस पछि उक्त योजना परिषद्को बजेटमा नपरे पछि बागमती प्रदेशले निर्माण कार्य अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array