बाग्मती र गोकर्णेश्वरको उत्कृष्ट प्रदर्शन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ बैशाख २०८१, सोमबार
2 Min Read
Aa

काठमाडौं , गोकर्णेश्वर नगरपालिका समूहमा शीर्ष स्थान सहित प्रथम प्रज्ञा स्मृति बाग्मती प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो चरणमा प्रवेश गर्ने क्रममा गोकर्णेश्वरले लिखु तामाकोशी गाउँपालिकालाई २५–२०, २५ ,१६ तथा बेथानचोक गाउँ पालिकालाई २५–१७, २५–१९ ले हराएको हो । सो समूहमा समान दुई जित सहित माडी नगरपालिकाले गोकर्णेश्वरलाई पछ्याएको छ । माडी र गोकर्णेश्वरले समान प्रतिद्वन्द्वीलाई हराए पनि गोकर्णेश्वरले दुवै खेल सोझो सेटमा तथा माडीले अन्तिम सेटमा जितेका हुन् ।

अर्को समूहमा मकवानपुरको बाग्मती गाउँपालिका बलियो अवस्थामा छ । बाग्मतीले समूहमा रहेका खाँडा देवी गाउँ पालिका र मनौती नगरपालिकालाई हराएको हो । पनौतीले तीन वटै खेलमा पराजयको सामना गरेको छ । खाँडादेवी गाउँ पालिकाले पनि दुई जित हात पारेको छा । खाँडा देवीले तारकेश्वर नगरपालिका र पनौतीलाई हराएको हो । सो समूहमा बाग्मती र खाँडादेवी बलियो अवस्थामा छन् ।

यसै गरी थाहा नगरपालिका पनि दोस्रो चरणको नजिक पुगेको छ । थाहाले समूहको दुवै खेलमा जित हात पारेको हो । सो समूहमा रहेको घरेलु टोली महाकाल बी दुवै खेलमा पराजित भएको छ । सो समूहमा रहेका ह्याङ्ले गाउँ पालिका र भरतपुर नगरपालिकाले एक जित हात पारेका छन् ।

हेटौडा महानगर पालिकाले २ जित हात पारेको छ । सो समूहमा रहेका जुगल गाउँ पालिका र महाकाल गाउँ पालिकाले समान १ जित हात पारेका छन् । खानी खोलले कुनै जित हात पार्न सकेको छैन ।

लिग कम नकआउटको आधारमा जारी प्रतियोगिताको पहिलो चरणमा समूहमा शीर्ष दुई स्थान पाउने टोली क्वार्टरफाइनल प्रवेश गर्ने छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’को छोरी ज्ञानी दाहाल र छोरा प्रकाश दाहालको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजना तथा ललितपुर जिल्ला खेलकुद विकास समितिको सह आयोजनामा प्रतियोगिता भई रहेको हो ।

मिति (ण्द्ध mबथ द्दण्द्दद्ध कार्यक्रमको नाम( एबककउयचत म्ऋ बललगब िअगतिगचब िभखभलत आयोजक (भ्mददकयथ या ल्भउब िधबकजष्लनतयल म्अ प्रमुख अतिथि ( (भ्mददकयथ या ल्भउब िधबकजष्लनतयल म्अ का बmदबककबमयच श्रीधर खत्री विश्व रेकर्ड एटेम्ट गरेको बिधाको नाम( त्जभ mयकत दबअपधबचम कयmभचकबगति ष्ल घण् कभअयलमक धष्तज दष्लिमायमि९ अँखामा पट्टि बाधेर हानिने समरसल्ट० यो दिनेशको ज्ञढ औं विश्व रेकर्ड हो।

प्रतिक्रिया दिनुहोस्

Array