मोडुलर भान्सा बनाउनुअघि ध्यान दिनुपर्ने कुराहरू

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ जेष्ठ २०७९, मंगलवार
2 Min Read
Aa

भान्सा, घरको एक अहंम हिस्सा । परिवारको स्वास्थ्य र खुसीको स्रोत पनि । अतः भन्सा यस्तो हुनुपर्छ, जहाँ सबैकुरा सहज, व्यवस्थित होस् । ‘मोडुलर भान्सा’ यसैको एक प्रारुप हो ।

यसको प्रमुख विशेषता आकर्षक , सुसज्जित र सफा गर्न सजिलो हो । आजभोलि मोडुलर भान्सा एकदमै लोकप्रिय भएको छ । मोडुलर भान्साको डिजाइन यसरी गरिएको हुन्छ, जुन हेर्नमा आकर्षित र व्यवस्थित हुन्छ ।

अक्सर मोड्युलर भान्सा लेमिनेटेड पार्टिकल बोर्डबाट बनेको हुन्छ । यो बलियो र टिकाउ हुनुको साथै  सफा गर्न सजिलो हुन्छ ।  यसमा भाँडाहरूका लागि निश्चित ठाउँ तोकिएको हुन्छ, जस्तै भारी भाँडाहरूका लागि रोलिङ स्ट्यान्ड, हल्का भाँडाहरूका लागि छुट्टै स्ट्यान्ड, सिन्क इकाई, ठुला डिब्बाहरूको लागि ठुलो र साना कम्पार्टमेन्टहरूको लागि कम ठाउँ ।

यस्तो भान्सा बनाउन, घर भत्काउने आवश्यकता पनि पर्दैन ।   यस प्रकारको भान्सा रु ३००० प्रति वर्ग फुटमा बनाइन्छ । भान्सा तयार भएको दिनबाट खाना पकाउन  सुरु गर्न सकिन्छ ।  भान्सा बनाउनुअघि ध्यान दिनु पर्ने केही कुराहरू यस प्रकार छन् :

– भान्सा कोठा निर्माणमा प्रयोग हुने सबै सामाग्री पानी र आगोबाट बच्ने हुनुपर्छ ।

– प्रयोग गरिएका सबै हार्डवेयर जस्तै ह्यान्डल, स्लाइडहरू राम्रो गुणस्तरको हुनुपर्छ ।

– भान्सा कोठामा सामान राख्न प्रशस्त ठाउँ हुनुपर्छ ।

– मर्मत गर्न सजिलो, आधार इकाई सफाइको लागि निकाल्न मिल्ने खालको हुनुपर्छ ।

– भान्साको स्ल्याब वा प्लेटफर्म तपाई उचाइ अनुसारको हुनुपर्छ, न त धेरै अग्लो न धेरै कम । दुवै अवस्थामा थकान बढी हुनेछ ।

– डिश वासर अन्तर्गत एउटा ठाउँ बनाउनुपर्छ, त्यसलाई लगभग ६ इन्च अग्लो बनाउनुहोस् ।  यसो गर्दा भाँडा धुँदा कम्मरमा समस्या हुँदैन ।

– फ्रिज, खाना पकाउने ठाउँ र सिन्क भान्साको नजिकै हुनुपर्छ । यी तीन वटै वस्तुहरू सबैभन्दा बढी प्रयोग आउने वस्तु हुन् । यदि तिनीहरू बिचको दूरी बढ्यो भने, तपाई अनावश्यक रूपमा थकित हुनुहुनेछ ।

– प्लेटफर्म दाग मुक्त र स्क्र्याच प्रुफ हुनुपर्छ ।  भान्सा हावायुक्त र प्रकाशले भरिएको हुनुपर्छ ।

– समायोजन गर्न मिल्ने गरी फ्यान राख्ने ठाउँ पनि निश्चित गर्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्