अमेरिकामा लक्ष्मणलाई रजत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ जेष्ठ २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । नेपाली खेलाडी लक्ष्मण वहादुर ऐरले अमेरिकाको मिचिगन राज्यमा संचालन भएको १३ औं अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगितामा रजत पदक जित्न सफल भएका छन् ।

उनले पुरुष ४१–५० वर्षको एकल पुम्सेमा ६.९ अंक जोडी दोस्रो स्थानमा रहे । अमेरिकन पुम्से टिमका रोन सुथविकले ७.१ अंक जोडी प्रथम भएका थिए भने अर्का नेपाली खेलाडी दिपक रानाले ६.१ अंक जोडी तेस्रो स्थान हात पार्न सफल भएका थिए ।

विश्व तेक्वान्दो पुम्से कमिटिका सदस्य समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक ग्राण्ड मास्टर रेमोण्ड सु  लगायत अन्य अन्तर्राष्ट्रिय निर्णायकहरुले उक्त प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

गेरुगी (फाईट) तर्फ लक्ष्मणले निर्णायकको भूमिका समेत निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array