अर्को सूचना नआएसम्मका लागि एन्फालाई निलम्बन गर्ने निर्णय

Sagarmatha Post
Sagarmatha Post ११ असार २०८३, बिहीबार
1 Min Read
Aa

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १४ बमोजिम अर्को सूचना नआएसम्मका लागि एन्फालाई निलम्बन गर्ने निर्णय गरेको हो।यस निर्णयसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त आफ्ना सबै सदस्यता अधिकार गुमाएको छ। निलम्बन कायम रहुञ्जेल एन्फाको प्रतिनिधित्व गर्ने टोली तथा क्लबहरूले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छैनन्।

यसका साथै, एन्फा वा उसँग सम्बन्धित कुनै पनि सदस्य वा पदाधिकारीले फिफा तथा एएफसी (एशियन फुटबल कन्फेडेरेसन) ले सञ्चालन गर्ने विकास कार्यक्रम, तालिम वा प्रशिक्षणबाट कुनै पनि प्रकारको लाभ लिन नपाउने फिफाले स्पष्ट पारेको छ।फिफाले आगामी दिनमा कुनै पनि समय फिफा कंग्रेस बस्नुअघि नै फिफा काउन्सिल ब्युरो वा फिफा काउन्सिलले आवश्यक ठानेमा यो निलम्बन फुकुवा गर्न सक्ने जनाएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्