प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ,  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवनिर्वाचित सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा उहाँहरुबीच समसामयिक विषयमा छलफल भएको थियो ।

सभामुखमा निर्वाचित भएपछि उहाँले पहिलोपटक प्रधानमन्त्रीलाई भेट्नुभएको हो । नेकपा (एमाले)का सांसद घिमिरे यही माघ ५ गते सत्ता साझेदार दलको समर्थनमा सभामुख पदमा निर्वाचित हुनुभएको थियो । उहाँलाई नेकपा (माओवादी केन्द्र) राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीलगायत राजनीतिक दलले समर्थन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array