टिका दहालको संगीतमा ‘नौडाँडा पारी २’ सार्वजनिक

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa
काठमाडौं । हाल अस्ट्रेलियाको तास्मानिया बसोबास गर्दै आइरहेका लोकप्रिय संगीतकार टिका दहालको संगीतमा रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो  ‘नौडाँडा पारी २’  सार्वजनिक भएको छ। ५ वर्ष  अघि दहालकै संगीतमा गायक आगा लामाको स्वरमा ‘नौडाँडा पारी १’ सार्वजनिक भएको थियो।

‘नौडाँडा पारी २’मा  चर्चित साङ्गीतिक ब्यान्ड मंगोलियन हार्टका  गायक राजु लामाको सुमधुर स्वर सुन्न सकिन्छ।  टाढा रहेका  २ प्रेमीहरुको  सम्झना र कल्पनालाई समेटिएको यस यस गीतलाई चर्चित गीतकार रमेश दहालले लेखेका हुन्। गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ।  म्युजिक भिडियोमा अभिनेत्री मल्लिका महत र अनुज गुरुङको अभिनय रहेको छ।

भिडियोमा मोडल गुरुङ सैनिकको भूमिकामा देखिएका छन्। चित्लाङ वरपरका रमणीय दृश्य समेटिएको यस गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन्।  भिडियोमा बिकाश धमलाको सम्पादन रहेको छ।  निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।  भिडियो ‘टिका दहाल म्युजिक’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। भिडियो दर्शक स्रोतालाई मनपर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ।

भिडियो लिंक: https://youtu.be/oy8ZOEP9zyo

प्रतिक्रिया दिनुहोस्