मारल स्टोरको अबैध धन्दा,“मारल जेल” को नाममा नेपाली उपभोक्ता ठगींदै, साधारण बिल जारी गरेर करोडौंको राजश्व छली

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ फाल्गुन २०७९, आईतवार
4 Min Read
Aa

काठमाण्डौं । नेपालमा औषधी बिक्रीका लागि औषधी व्यवस्था बिभागमा दर्ता हुनुपर्दछ । बिभागले औषधीको काम, गुणस्तर लगायतका सबै कुराको मुल्यांकन गरेर मात्र बिक्रीका लागि अनुमती दिने गर्दछ । जस्का कारण ढुक्क भएर नेपाली उपभोक्ताले औषधी सेवन गर्न सक्छन् । तर बिभागलाई नै चुनौंति दिंदै अनलाइनहरु मार्फत बिदेशी औषधी कम्पनीका उत्पादनहरुलाई सप्लीमेन्ट भनेर नेपालमा खुलम खुला बिक्रीबितरण भइरहेका छन् ।
नेपालमा बिना अनुमती यौनबद्र्धक र यौनसंग सम्बन्धीत औषधीको बिक्री बितरणका लागि अनुमती दिइएको छैन । तर अनलाइन व्यापारको नाममा बिना अनुमनी नेपाली बजारमा यस्ता औषधी छ्यापछ्याप्ती बिक्री भइरहेका छन् । औषधीको रुपमा बिक्री अनुमती माग्दा बिभागमा कडा नियम पालना गर्नुपर्ने हुंदा त्यस्ता कम्पनीहरुले औषधी भन्दा पनि सप्लीमेन्टको रुपमा गम्भीर खालका यौनबद्र्धक औषधीहरु बिक्री गरिरहेका छन् । बिना अनुमती, बिना परिक्षण बिक्री भइरहेका औषधीका कारण मानव स्वास्थ्यमा गम्भीर असर त पर्नेनै छ तर राज्यले पनि करोडौं राजश्व गुमाइरहेको छ ।
यौन शक्ति बढाउने नाममा बिक्री भइरहेका औषधीहरुमा प्राय प्रयोग सक्कीने मिति, उत्पादन समय र मुल्य समेत हुंदैनन् । जस्का कारण अनलाइनहरु मार्फत चर्को मुल्यमा सामान किनेर नेपाली उपभोक्ताहरु दिनदहाडै ठगीने गरेका छन् ।
यसै बिच यौन शक्ति बढाउने नाममा आर्कषक बिज्ञापन गरेर महंगो मुल्यमा बिक्री भइरहेको मारल जेल को नाममा नेपाली उपभोक्ता ठगीरहेको भेटिएको छ । नेपालमा सामान बिक्रीका लागि त्यसको खोलमा मुल्य, उत्पादन मिति, प्रयोग गरिसक्नुपर्ने मिति र उत्पादन गर्दामा प्रयोग गरिएका मेट्रियल्सका बारेमा बाहिरी कभरमा स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने हुन्छ । तर मारल स्टोर कलंकीले अनलाइन मार्फत मुल्य सुचिनै नभएको मारल जेलको उच्च मुल्य राखेर बिक्री गरेको भेटिएको छ ।
सामानमा खरिद मुल्य उल्लेख नभएको मारल जेललाई मारल स्टोर कलंकीले प्रतिपिस ८९०० सम्म लिने गरेको छ । अनलाइन मार्फत आर्कषक बिज्ञापन बनाएर बुष्ट गरिएको बिज्ञापनको पेजमा प्रतिपिस ८९०० मा अहिले ५० प्रतिशत छुटको अफर चलेको उल्लेख छ । जस अनुसार एउटा मारल जेल को प्रतिपिस नेपाली उपभोक्ताले ४४५० रुपयाँ तिर्नुपर्दछ । बिज्ञापनमा भनिएको छ “आफ्नो पुरुषत्वमा परिवर्तन ल्याउनुहोस, मारल जेल पुरुष यौन शक्तिको लागी एक प्रभावकारी र सुरक्षित उत्पादन, मारल जेल मगाएर प्रयोग गर्नुहोस यदि केहि हप्ताको प्रयोगपछि भनेको जस्तो नतिजा दिन नसके हजुरहरुले १०० प्रतिशत पैसा फिर्ता पाउनुहुने छ ।”
यस्तो आर्कषक बिज्ञापन देखेपछि यौन शक्ति कम भएका पुरुषहरु नलोभिने कुरै भएन् । ठमेलका एक व्यापारी सुरज श्रेष्ठ (परिर्वतीत नाम) ले आफु र आफ्ना साथीको लागि भन्दै तिन पिस मारल जेल मगाँउछन् । पैसा र्फिता हुने ज्ञारेन्टी दिएर ढुक्क भएर सामान मगाएका सुरजले प्रयोग गरेको दुई हप्ता सम्म पनि राम्रो काम नगरेपछि निरास बनेका छन् । उनले भने “ आर्कषक बिज्ञापनका कारण म जस्तै अन्य धेरै मानिसहरु ठगीएका छौं, सामाजीक प्रतिष्ठाका कारण बाहिर बोल्न पनि मिलेन तर यो जेलको नाममा हामी ठगीयौं, तपाँईहरुले आवाज उठाइदिनुप¥यो”
मारल जेल रसियन उत्पादन हो । नेपालमा बिक्रीको लागि कुनै अनुमती नपाएको यो जेल भन्सार छली गदै भारतबाट नेपाल भित्रीएको हो । नेपालका बिक्रीको लागि अनुमती नभएको मारल जेल आर्कषक बिज्ञापन बनाएर अनलाईन मार्फत चर्को मुल्यमा बिक्री भइरहेको छ । अझ रोचक कुरा त चर्को मुल्यमा बिक्री भइरहेको मारल जेल किन्ने ग्राहकले साधारण बिल पाउने गरेका छन् । प्यान र भ्याट बिना जारि हुने यस्ता बिलले नेपाल सरकारलाई करोडौं राजश्व छली गरिरहेका छन् । मारल स्टोर कलंकीले साधारण बिल जारी गरेर राजश्व छली गरिरहेको छ । हेर्नुहोस ।

No description available.

सुरज (परिर्वतीत नाम)ले तिन पिस मारल जेलका लागि अनलाइन मार्फत रु १० हजार तिरेका थिए । उनलाई सामान सहित मारल स्टोर कलंकीले कुनै प्यान र भ्याट बिनाको साधारण रसिद उपलव्ध गराएको छ । नेपालमा सामान बिक्री बितरणका लागि प्यान वा भ्याट बिल अनिवार्य रुपमा जारी गर्नुपर्दछ । अनलाइन मार्फत दैनिक लाखौंको व्यापार गर्ने मारल स्टोरले राज्यलाई यसरी करोडौंको राजश्व छलीगरिरहेको देखिन्छ ।

उपभोक्ता झुक्याउन मारलको आर्कषक बिज्ञापन हेर्नुहोस ।

http://maralnp.xcartpro.com/r1/?off=GdMwU9eG&lnk=63847&m=71e5db52ebde18a&fbclid=IwAR16f0vD9Uy43qzXdUMqyKGI1etvcwc1VyvWfpVbZWT2mDHPykosvbTZgbQ#myform

 

प्रतिक्रिया दिनुहोस्