नेपाली चलचित्र ‘परस्त्री’ को प्रचारप्रसार नेपालसँगै भारतमा समेत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ असार २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौँ,  नेपाली चलचित्र ‘परस्त्री’ को प्रचारप्रसार नेपालसँगै भारतमा समेत भइरहेको छ ।

‘हिन्दी’ भाषामा समेत प्रदर्शन हुने चलचित्रको मुम्बई र दिल्लीमा पत्रकार सम्मेलन गरिएको छ । चलचित्रका निर्देशक सुरज पाण्डेले आयोजित समारोहले नेपाली चलचित्र र यसबारे प्रवर्द्धनमा सहयोग गरेको बताउनुभयो ।

“हाम्रो विषयवस्तु ‘युनिभर्सल’ भएको हुँदा भारतीय दर्शकलाई समेत लक्षित गर्दै प्रदर्शनको तयारी गरेका छौँ । यसले आगामी दिनमा यहाँ नेपाली चलचित्र प्रदर्शन गर्न मार्ग प्रशस्त हुने विश्वास छ”, निर्देशक पाण्डेले भन्नुभयो ।

यस्तै, अभिनेत्री शिल्पा मास्केले आफ्नो कलाकारिता यात्रालाई नयाँ लयमा हिँडाउने बताउनुभयो । उहाँले भन्नुभयो, “यो भूमिका निर्वाह गर्ने विषयमा निकै सोचेर निर्णय लिएकी थिएँ । किनकि यसको चर्चा हुनेमा म जानकार थिएँ । ‘बोल्ड’ दृश्यसँगै अभिनयको पनि उत्तिकै चर्चाले चलचित्रसँगै मेरो कलाकारितालाई समेत फाइदा पुगेको छ ।”

दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा निर्मात्री शर्मिला पाण्डेले ‘परस्त्री’ नेपालमा नेपाली भाषामा मात्र प्रदर्शन हुने जानकारी दिनुभयो । “हामीले नेपालमा नेपाली भाषा र अन्य देशमा हिन्दी भाषामा समेत प्रदर्शन गर्दैछौँ”, उहाँले भन्नुभयो ।

विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक सङ्कटको कथामा निर्माण भएको चलचित्रमा कोसिस क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारीलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array