एसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ आश्विन २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं,  हाङझाव एसियाडको महिला कबड्डीमा नेपाल समूह ‘बी’ को उपविजेता हुँदै बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ को अन्तिम लिगमा डिफेन्डिङ च्याम्पियन इरानले बंगलादेशलाई ५४–१६ को फराकिलो अन्तरले पराजित गरेपछि नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । तीन टिम रहेको यो समूहमा जितसंगै इरान समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश ग¥यो । लगातार २ हारसंगै बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि नेपालले समूह चरणको पहिलो खेलमा बंगलादेशलाई ३७–२४ ले हराएको थियो ।

सेमिफाइनल प्रवेश गरेसंगै नेपालले कम्तीमा कांस्य पदक निश्चित गरेको छ । नेपालले सेमिफाइनलमा शुक्रबार भारतविरुद्ध प्रतिस्पर्धा गर्ने छ । अर्को सेमिफाइनल इरान र चाइनिज ताइपेईंबीच शुक्रबारै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array