तारकेश्वर नगरपालिकाको आयोजनामा पाँचमानेमा शिव महापुराण सुरु, अर्थमन्त्री डा. महतद्धारा महायज्ञको उदघाटन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ माघ २०८०, शुक्रबार
4 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिकामा अवस्थीत धार्मीक, एतिहाँसीक र पौराणीक महत्व बोकेको तारकेश्वर मन्दिरलाई विश्व सामु चिनाउने उदेश्यले तारकेश्वर नगरपालिका–३ मा स्थीत पाँचमानेमा माघ ११ देखि “शिव महापुराण विराट ज्ञान महायज्ञ’’ सुरु भएको छ ।
महायज्ञ सुरुहुनुपुर्व तारकेश्वरका बिभिन्न राजनैतिक दलका नेताहरु, जनप्रतिनिधिहरु, समाजसेवीहरु, पुर्व जनप्रतिनिधिहरु, सामाजीक अभियन्ताहरु सहित १० औ हजारको उपस्थीतिमा पाँचमाने देखि तारकेश्वर महादेव मन्दिर सम्म कलस यात्रा गरिएको थियो । बाजागाजा सहित गरिएको कलस यात्रामा तारकेश्वरका ११ वटै वडाका स्थानीयबासीहरु, बिभिन्न संघ, संस्था लगायत करिब २ हजारले कलसको घडा सहित कलस यात्रामा सहभागी भएका थिए । काठमाण्डौंको उत्तरी भेगमा भएको धार्मिक कार्यक्रममा यति धेरै संख्यामा कलस सहित श्रदालुभक्तजनहरु सहभागी भएको सम्भबत पहिलो र सबैभन्दा ठुलो कार्यक्रम हो ।

May be an image of 3 people, temple and text
शिवपुराणको उद्घाटन गदै अर्थमन्त्री डा.प्रकाशशरण महतले सबै मिलेर धर्म र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताउनुभयो । अर्थमन्त्री महतले भन्नुभयो “मनमा अशान्ति पाल्नु हुँदैन, जति मनलाई शान्त बनाउने कोशिस गरिन्छ त्यति नै जीवन रमाइलो र उल्लासमय हुन्छ”,
नेपालमा पछिल्लो समय युवाहरु धर्म संस्कृतिबाट टाढा हुँदै गएको भन्दै अर्थमन्त्री डा महतले यसलाई जगेर्ना गर्नका लागि यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पुर्व रक्षामन्त्री एवं नेपाली काँग्रेसका नेता भिमसेनदास प्रधानले तारकेश्वर महादेवको महिमालाई चिनाउन प्रचारप्रसारको खाँचो रहेको बताँउदै नगरपालिकानै आयोजक भएर कार्यक्रम गरेकोमा धन्यवात समेत दिनुभयो ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले नगरभित्रका धार्मिक तथा सांस्कृतिक मठमन्दिरका साथै पर्यटकीय स्थललाई स्वदेश तथा विदेशमा प्रचारप्रसार गर्नका लागि महायज्ञ आयोजना गरिएको बताउनुभयो । नगरप्रमुख महर्जनले पौराणिक तारकेश्वर मन्दिरलाई नेपाल लगायत विश्व सामु परिचित गराउने उद्देश्यले विराट ज्ञान महायज्ञ सुरु गरिएको बताउनुभयो ।
तारकेश्वरलाई सम्पूर्ण देशवासीलाई चिनाउने अभिप्रायले समाजमा विभिन्न योगदान दिएका व्यक्तिहरूलाई निमन्त्रणा गरेर महायज्ञ गरिएको तारकेश्वर वडा नम्बर ३ का अध्यक्ष परशुराम अर्यालले बताउनुभयो । महापुराणमा गुरु नारायण चतुर्त्युहबाट कथा वाचन हुने आयोजकले जानकारी दिएका छन ।

May be an image of 3 people, dais and textमहापुराण उदघाटन कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी, प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्त, नेपाली काँग्रेस क्षेत्र नं ६ प्रदेश ख का सभापति बिष्णु भक्त तिमिल्सीना, नेकपा माओबादी तारकेश्वरका प्रमुख जगन्नाथ राजबाहक, नेपाली काँग्रेस तारकेश्वरका सचिब राजु फुंयाल सहित तारकेश्वरका वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु लगायतको उपस्थीति रहेको थियो ।

लक्ष्यबत्ती दिप प्रज्वलन माघ २२ गते र कार्यक्रम समापन माघ २३ गते दिउँसो ३ बजेदेखि ५ बजेसम्म हुने तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले जानकारी दिनुभयो । शिवपुरी पर्वतको काखमा रहेको ताकेश्वर महादेव मन्दिर हिन्दु धर्मालम्वीहरुको महत्वपूर्ण धार्मिक तिर्थस्थल हो । स्कन्दपुराणको श्री स्वास्थानी ब्रतकथामा भए अनुसार सतीदेवीको दाहिने तिघ्रो पतन भएको यस स्थानमा तारकेश्वर महादेव उत्पन्न भइ शिवशक्ति स्वरुपले रहेका हुन भन्ने उल्लेख छ । यस स्थलमा लक्ष्मीहरुले तपस्या गरेका कारणले यहाँ कुनै पनि अनिकाल नहुने जनविश्वास छ भने असार महिनामा खडेरी पर्दा तारकेश्वर महादेवको रुद्री हवन र पूरा गरेर पानी माग्दा वर्षा हुने गरेको विश्वास रहेको छ ।
पौराणिक कालमा दानवहरुले युद्ध गर्न देवगणले महादेवको प्रार्थना गरी हातहतियार सिद्धि प्राप्त गरेका कारण पूजा अर्चना एवं जपतप गर्दा मनोकांक्षा समेत पूरा हुने विश्वास रहेको पाइन्छ । त्यस्तै पहिला पहिला स्थानीयले धार्मिक कार्यका लागि भाँडाकुँडा माग्दा प्राप्त हुने गरेकाले लोकोक्ति पनि जाडिएको पाइन्छ । नगरपालिका क्षेत्रमा पौराणिक तारकेश्वर महादेव मन्दिर, गृह्रयेश्वरी, मनमैजु, धर्मस्थली, जयन्तीपुर भुवनेश्ववरी, शान्तिधाम बालकुमारी मन्दिर सिद्धेश्वर, सिम्लेश्वर लगायतका पवित्र धार्मिक तिर्थस्थल रहेका छन् ।
त्यस्तै नगरपालिका क्षेत्रमा भ्यूटावर, ऐतिहासिक पाँचमाने, झण्डापार्क, तारकेश्वर साङ्ला अस्पताल, फुटुङ नागपोखरी, ज्येष्ठ नागरिक स्कूलकोको विस्तृत परियोजना प्रस्ताव तयार गरिएको लगायतका पर्यटकीय क्षेत्र रहेको तारकेश्वर नगरपालिकाले जनाएको छ । २०७१ सालमा मंसिर १६ गते तत्कालिन मन्त्रिपरिषद्ले उक्त क्षेत्रका साविकको सातवटा गाविसलाई समेटिएर तारकेश्वर नगरपालिका घोषणा गरेको हो । अहिले ११ वटा वडामा समेटिएको यस नगरपालिकाको पूर्वमा टोखा नगरपालिका, पश्चिममा नागार्जुन, उत्तरमा नुवाकोट र दक्षिणमा काठमाडौँ महानगरपालिका जाडिएको छ ।

May be an image of 3 people, temple and text

May be an image of 3 people, dais and text

May be an image of 3 people, temple and text

May be an image of one or more people and temple

fgfg

May be an image of 1 person and text

May be an image of 9 people

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array